महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा

महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा
सुन्नुहोस्

अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन्।

महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन्। अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन्। 

प्रशिक्षक रुबियाल्सले सहमतिमा ओठमा चुम्बन गरेको अभिव्यक्ति दिएपछि स्पेनी फुटबल महासङ्घका साथै अन्य क्षेत्रीय फुटबल निकायका नेताहरूले पनि उनको राजीनामा मागेका छन्। महिला विश्वकप प्रतियोगिताको फाइनल खेलमा स्पेन विजयी भएपछि सिड्नीमा यही भदौ ३ गते आयोजित समारोहमा उनले खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका थिए। 

प्रशिक्षक रुबियाल्सको अनुशासनहीन हर्कतबाट क्रुद्ध भएको अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले  उनलाई ९० दिनका निम्ति  निलम्बन गरेको छ भने  फिफा अनुशासन समितिले अनुसन्धान पनि थालेको छ। उनले सहमतिमा चुम्बन गरेको बताए पनि  खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन्। 

स्पेनले पहिलोपटक महिला विश्वकप प्रतियोगितामा हासिल गरेको विश्वविजेताको यो उपलब्धिलाई  चुम्बन काण्डले ओझेलमा पारेको छ। विश्वकपअन्तर्गत अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.