प्रतिश जिसीले पहिलो बलमै लिए वेष्ट इण्डिज ‘ए’ को विकेट
काठमाडौं : वेष्ट इण्डिज ‘ए’ विरुद्ध टी-२० श्रृंखलाको चौथो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरेको नेपालका लागि प्रतिश जिसीले पहिलो विकेट लिएका हुन्। वेष्ट इण्डिज ‘ए’का उपकप्तान एलिक अथान्जे जिसीको बलमा सन्दीप जोराले क्याच आउट गराएका हुन्। दोस्रो ओभरको पहिलो बलमै उनी आउट भए। अथान्जे ७ बलमा ५ रन बनाएर बाहिरिए।
वेष्ट इण्डिज ‘ए’ले दोस्रो ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १५ रन बनाएर खेलिरहेको छ।
वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका थिए। यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एउटा र वेस्ट इन्डिजले दुईवटा खेलमा विजयी भएको छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछिका खेलमा नेपाल १० रन र ७६ रनले पराजित भएको हो।
सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले अर्को महिना हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणासमेत गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !