रुसको एयरपोर्टमा ड्रोन आक्रमण

रुसको एयरपोर्टमा ड्रोन आक्रमण
सुन्नुहोस्

रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको बीबीसी समाचारमा उल्लेख छ। रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ ।

मस्को : रुसको उत्तरपश्चिमी सहर प्सकोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ। स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन्।

गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ।

रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको बीबीसी समाचारमा उल्लेख छ। रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ ।

प्स्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको जानकारी दिएका छन्। पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ।

युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन। युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणमा विरलै प्रतिक्रिया दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.