परिवर्तनका इतिहास राजेश्वर

परिवर्तनका इतिहास राजेश्वर

परिवर्तनको हरेक आन्दोलनमा पटक–पटक जेलनेल परेका स्वतन्त्र सेनानी तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा हुन्, राजेश्वर नेपाली। नेपाली, मैथिली तथा हिन्दी भाषा साहित्य र पत्रकारितामा ६ दशकभन्दा बढी समयदेखि अनवरत रूपमा क्रियाशील र जीवनको उत्तराद्र्धमा समेत क्रियाशील अग्रज पत्रकारका रूपमा उनी परिचित छन्।

जीवनको उत्तरार्धमा जेलनेल जीवनको क्रममा सेना र प्रहरीको यातनाको चोटले शरीर हिँडडुल र उठबसमा कष्टकर भएपछि उनी थालिएका थिए। खासमा उनी क्यान्सर रोगले पीडित थिए। पत्रकारिताको ‘इन्साइक्लोपिडिया’ उपनामले चिनिन्थे। राजनीतिक, पत्रकारिता तथा साहित्यिक क्षेत्रमा अपूरणीय क्षति भएको छ। खासमा नेपाली पत्रकारिता जगत् र इतिहासको पानामा नेपालीको अभाव सधैं खड्किरहनेछ। समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उनलाई तत्कालीन व्यवस्थाले नेपालीलाई जेल हालेको थियो। २०३६ र २०३९ सालमा क्रमशः डेढ महिना जेल बसेका उनी २०४२ सालमा भने एक वर्ष जेलनेल बसेका थिए।

पत्रकारिता, साहित्य, संस्कृति र भाषाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका साधक नेपालीले प्रजातान्त्रिक आन्दोलनमा महŒवपूर्ण योगदान पुर्‍याएबापत प्रजातान्त्रिक सेनानीको रूपमा २०६५ मा अभिनन्दन गरिएको थियो। पारिवार नै राजनीतिक पृष्ठभूमिका भएका कारण राजनीतिबाट प्रभावित उनलाई २०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेपछि विघटन भएको संसद्का सदस्य सरोजप्रसाद कोइरालाले प्रजातन्त्र पुनस्र्थापनाका लागि हतियार बन्द आन्दोलनमा सहभागी बन्न खुबै जोड गरे। तर आफू गान्धीवादी दर्शनबाट प्रभावित भएको भन्दै हतियार उठाएर होइन, कलम चलाएर आन्दोलनमा सहभागी बन्छु भनेर जवाफ दिए अनि उनी सक्रिय पत्रकारितामा लागेका थिए।

नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउँदै आएका नेपालीले लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेम प्राथमिकतामा राख्थे। उनले समाजका लागि परिवर्तनकारी सोच, सामाजिक रूपान्तरणको लागि निरन्तर कलम चलाउँदै आएका उनी सरल स्वभावका आदर्शमुखी थिए। उनी गान्धी विचारबाट प्रभावित भएर पोसाक पनि गान्धीकै जस्तो खादी र सुती लगाउँथे। पत्रकारिताको माध्यमबाट समाज बदल्न हिँडेका थिए राजेश्वर नेपाली तर उनी सञ्चार, साहित्य र राजनीति जगत्मा रमाए। पत्रकारिता क्षेत्रको मूर्धन्य व्यक्तित्व बनेर बिलाउन सफल भए।

मैथिली साहित्यमा एमए गरेका थिए नेपालीले। जेठो छोरा रवीन्द्रले प्रकाशन सुरु गरेको विश्व जागरण दैनिक अहिले पनि राजेश्वर नेपालीको संरक्षणमा प्रकाशन भइरहेको छ।

सरल स्वभावका नेपालीले भारतको मजफ्फरपुरमा महात्मा गान्धीलाई भेटे। त्यसपछि उनलाई गान्धीको प्रभाव पर्‍यो। उनी आदर्शमुखी स्वभावका भए। तत्कालीन भारतको स्वतन्त्रता आन्दोलनमा लागेका नेपाली तत्कालीन राणा विरोधी आन्दोलनमा पनि सक्रिय रहे। उनले आफ्नो गाउँमा क्लब, स्कुल, पुस्तकालयसमेत खोले। उनले नेपालमा प्रथम हिन्दी साहित्य सम्मेलनको समेत आयोजना गरेका थिए। १९९२ सालमा उनको बुवालगायत २२ जनाले राणाशासन विरुद्ध लड्ने प्रतिज्ञा गरे जनकपुरमा। यही विषयमा उनले समाचार लेखे पटनामा छापिने नेपाली पत्रिका नेपाल सन्देशमा। उनको समाचारले देशभर खैलाबैला मच्चायो।

अनि नेपालीले कांग्रेसले गर्ने राणा विरोधी गतिविधिबारे निरन्तर समाचार लेख्न थाले। उनले लेखेको अर्को समाचारले पनि देशमा हंगामा मच्चायो। त्यो समाचार थियो– राजा महेन्द्रले २०१७ सालमा ‘कु’ गरेपछि कांग्रेसले सुरु गरेको सत्याग्रह। दुर्गाप्रसाद खबारे सम्पादक रहेको नेपाल सन्देशमा छापिएको उनको समाचारले कांग्रेसले सुरु गरेको सत्याग्रह भारतमा समेत चर्चाको विषय बन्यो। उनी त्यसबेला शोषित पीडितको पक्षमा कलम चलाएर कांग्रेसको क्रान्तिबारे सबैलाई जानकारी गराउँथे। एक किसिमले त्यतिबेला उनले राजनीतिक परिवर्तनको आन्दोलनलाई मिसनको रूपमा पत्रकारितामार्फत गरेका थिए।

भारतको बिहार राज्यअन्तर्गत पटनाबाट छापिने नेपाल सन्देशबाट पत्रकारिता थालेका उनले काठमाडांैबाट प्रकाशन हुने दैनिक नेपालमा समेत काम थाले। त्यतिबेला दैनिक नेपाल चर्चित पत्रिका थियो। केही समय दैनिक नेपालमा कामपछि उनले नेपाली हिन्दी भाषामा प्रकाशन हुने नेपाल टाइम्समा जनकपुरबाट समाचार लेख्न थाले। २०२० सालमा भने उनी राष्ट्रिय समाचार समितिको धनुषा सवांददाता बने।

२०४० सालमा उनले आफ्नै नाममा साप्ताहिक पत्रिका दर्ता गरे। आफू निकटका नेता र शुभचिन्तकहरूको राय सल्लाहमा पत्रिकाको नाम जुराए ‘लोकमत’। पत्रिकाको १८ अंक निस्किएपछि पञ्चायत सरकारले पत्रिका दर्ता खारेज गर्यो। यसविरुद्ध सर्वोच्च अदालतमा उनले मद्दा हाले। सर्वोच्चले मुद्दा जिताइदियो। २०४३ सालबाट पुनः लोकमत प्रकाशन सुरु भयो। जुन पत्रिका अहिलेसम्म जनकपुरबाट निरन्तर प्रकाशन भइरहेको छ। उनी नेपाली पत्रकारिता विकृत बन्दै गएकोमा सधैं चिन्तित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.