साउदी गएका नेपाली कामदारले २९ करोड रुपैयाँ तिर्न बाँकी

साउदी गएका नेपाली कामदारले २९ करोड रुपैयाँ तिर्न बाँकी
सुन्नुहोस्

साउदी : वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीले २९ करो ड ५४ लाख ६० हजार रुपैयाँ जरिवाना स्वरूप तिर्नुपर्ने भएको छ। नेपाली दूतावासका अनुसार हालसम्म दूतावासको सम्पर्कमा आएका १७७ जनाले यो रकम तिर्नुपर्ने भएको हो। 

विभिन्न लोभ लालचमा परी सम्बन्धित कम्पनीमा काम छाडेर भाग्नेको संख्या ९० प्रतिशत रहेको र गाडी चालक, मदिरा उत्पादन, लोकल मोबाइल सिम गलत प्रयोग गरेर जरिवाना तिर्नुपर्नेको संख्या १० प्रतिशत रहेको दूतावासले जनाएको छ। 

नेपालमा गरिएको सम्झौता अनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परी कार्यरत कम्पनी छाडेर भाग्दा सम्बन्धित कम्पनीले विभिन्न बहानामा नेपाली कामदार माथि जरिवाना लगाउँदै आएको छ। 

कम्पनी अनुसार  प्रत्येक  व्यक्ति लाई २ हजार देखि ३ लाखसम्म जरिवाना लगाइएको छ। कतिपय जरिवानाको केस सम्बन्धमा समयमा अदालतको फैसलामा उपस्थित नभएर म्याद सकिए लगतै फैसला अनुसार जरिवाना बढ्दै जाने छ। साउदीमा एक व्यक्तिको नामको अर्काको आईडीमा अरू कसैले १० वटासम्म मोबाइल सिमकार्ड निकालेर दुरूपयोग गरेर आइडीबाट निकालेको व्यक्तिले अनावश्यक रुपमा ५ हजार देखि २  लाख साउदी रियलसम्म जरिवाना तिर्नुपर्ने हुन्छ।  

नेपाली दूतावास रियादले साउदी सरकारसँगको समन्वयमा साउन एक महिनाभित्रमा २२५ जना नेपाली कामदारको बहिर्गमन भिसा उपलब्ध गराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.