आफू अनुकूलको कार्यालयमा बसेकाहरूलाई एक महिनाभित्र तोकिएकै दरबन्दीमा पठाउँदैछौं : स्वास्थ्यमन्त्री

आफू अनुकूलको कार्यालयमा बसेकाहरूलाई एक महिनाभित्र तोकिएकै दरबन्दीमा पठाउँदैछौं : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिने बताएका छन्। बिहीबार नेपालगञ्‍जको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरू अब एक महिनाभित्रै आफ्नो दरबन्दीमा जाने दावी गरे। 

उनले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको पनि स्पष्ट पारे । काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराएका थिए।

संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.