एमसीसीलाई सुरक्षासँग जोड्नु हुँदैन : माधव नेपाल

एमसीसीलाई सुरक्षासँग जोड्नु हुँदैन : माधव नेपाल

वीरेन्द्रनगर : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीको विषय सुरक्षासँग जोडिन नहुने बताएका छन्। 

उनले अमेरिकासँग देश विकासका लागि अनुदान मागेको बताउँदै यो सुरक्षासँग जोडिन नहुने बताए। उनले भने, 'मैले एमसीसीका विषयमा अमेरिकी धारणा र नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ति अध्ययन गरेँ। एमसीसी कुनै सैनिक र सुरक्षाको विषयसँग जोडिनु हुन्न। तर मुलुकको विकासका लागि यो आवश्यक छ।'

उनले समाजवादी मोर्चाले कसैको अनुचित सर्त नस्वीकार्ने बताए। नेपालले आफूहरू असल परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै कुनै मुलुकको हुकुम र आदेश नमान्ने बताए। उनले थपे, 'सडक, सदन र सरकारबाट जनतालाई सुशासनको प्रत्याभूति दिन मोर्चा गठन गरिएको हो। सरकारमा रहनेहरूले राम्रो काम गर्नुहोस्। जनताको विश्वास जित्ने काम गर्नुहोस्। तपाईंहरूले भ्रष्टाचार गरेको सुन्न नपरोस्।'

मोर्चामा जोडिएका जनप्रतिनिधिहरूलाई भ्रष्टाचार गर्ने छुट नभएको उनको भनाइ छ। नमुना र नयाँ काम गरेर देखाउन उनले सुझाव दिए। उनले प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र गाउँ र नगरसभामा रहेका मोर्चाका नेता कार्यकर्ताहरूलाई जनताको आवाजलाई सम्बोधन गर्न अपील गरे।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.