अस्पतालमा बालिका मृत्यु प्रकरण : समितिले लियो डाक्टरको बयान र सीसीटीभी फुटेज

अस्पतालमा बालिका मृत्यु प्रकरण : समितिले लियो डाक्टरको बयान र सीसीटीभी फुटेज

गुल्मी : जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा बालिकाको मृत्युपछि घटनाको छानविन गर्न गठित समितिले उपचारमा संलग्न चिकित्सकहरूको बयान र अस्पतालको सीसीटीभी फुटेज लिएको छ। 

घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ। मंगलबार छिमेकी जिल्ला अर्घाखाँचीस्थितत छत्रदेव गाउँपालिका-७ काउलेकी ६ वर्षीया प्रशंसा मरासिनीको मृत्यु भएको थियो। स्वास्थ्यकर्मीहरूको लापरबाहीका कारण बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। 

आन्दोलित पीडितहरूले अस्पतालका चिकित्सकहरूलाई लछारपछार समेत गरेका थिए। जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालय अगाडि आन्दोलन चर्काएका थिए।

पीडितहरूले छानविन समिति गठन भएपछि मात्रै बालिकाको शव उठाएका हुन्। समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गैरेले समितिले बुधबार साँझसम्म उपचारमा संलग्न स्वास्थ्यकर्मी र डाक्टरको बयान लिइसकेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.