उदयपुर रेडक्रसमा मदनराज कटुवाल नेतृत्वलाई अदालतको मान्यता

उदयपुर रेडक्रसमा मदनराज कटुवाल नेतृत्वलाई अदालतको मान्यता
सुन्नुहोस्

उदयपुर : नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा मदनराज कटुवालको नेतृत्वले वैद्यानिकता पाएको छ। उच्च अदालत विराटनगरको भदौ १२ गते फैसलाले कटुवाल सभापति रहेको तदर्थ समितिलाई वैधानिकता दिएको हो। 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिको २०७८ कात्तिक २३ गतेको ३०८औँ बैठकले तत्कालीन बिनोदकुमार बस्नेत नेतृत्वको उदयपुर शाखालाई विघठन गरी कटुवालको नेतृत्वमा १५ सदस्य तदर्थ समिति गठन गरेको थियो। 

केन्द्रीय समितिको निर्णय चित्तबुझ्दो नभएको भन्दै बर्खास्तमा परेका सभापति बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशसहितको माग गर्दै रिट दायर गरेका थिए। बस्नेतको मागबमोजिम अदालतको प्रारम्भिक सुनवाइमा मुद्दा अन्तिम किनारा नभएसम्मका लागि पुरानै कार्यसमितिबाट कामकारबाही अघि बढाउन अन्तरिम आदेश जारी गरेको थियो। 

अदालतको आदेशको पूर्ण पालना गर्दै आफूहरू पदवहाल रहेसम्मका व्यवहार वरबुझारथ गरी बाहिरिएको सभापति कटुवालले बताए। रिट उपर भदौ १२ गतेको सुनवाइमा बस्नेत नेतृत्वको विघटित कार्यसमितिबाट भएको रिट निवेदन खारेज गर्ने अदालतको फैसलापछि शुक्रबार कटुवालले पत्रकार सम्मेलनको आयोजना गरी पदभार ग्रहण गरेका हुन्। 

विधानमा भएका व्यवस्था बमोजिमका शाखाले पूरा गर्नुपर्ने वैद्यानिक दायित्व पूरा नगरेको, निर्वाचित कार्यसमितिको म्याद समाप्त भई आवधिक निर्वाचन नगराएको, गैरकानुनी तबरबाट संस्था सञ्चालन गरेको, अनियमितता र अपारदर्शीतालाई बढावा दिएको र व्यक्ति स्वार्थका लागि श्रोत र साधन दुरुपयोग गरेको केन्द्रीय समितिको निष्कर्षपछि समिति विघटन गरेको उनले बताए।

पत्रकार सम्मेलनमा बोल्दै कटुवालले भने, ‘२०७८ मा पदभार ग्रहण गरेसँगै संस्थाको बृहत् विकासको लागि स्वेतपत्र जारी गरी संस्थागत कार्यहरू सुरुवात गर्नसाथ अदालतको आदेश आयो, हामी आदेशको सम्मान गर्दै बाहिरियौं।' 

देशभरका ७७ जिल्ला शाखामध्ये सबैभन्दा धेरै र राम्रा परियोजनाहरू उदयपुरमा सञ्चालन भए पनि त्यसको सही सदुपयोग हुन नसकेको, कार्यालय परिसरमा रहेका सटरका भाँडा सीमित व्यक्तिले सिधै गोजीमा लगाउने परम्पराको अन्त्य गरी खातामा जम्मा गर्न सुरुवात गर्नासाथ आफूहरू बाहिरिनु परेको समितिका सदस्य राजकुमार राईले बताए। उनले भने, ‘रेडक्रस भित्रका फोहोरमैला फाल्ने, त्यहाँ भित्रका स्रोत साधनको दुरुपयोग रोक्ने, आर्थिक अपचलन रोक्ने लगायतका निर्णय गरी स्वेतपत्र जारी हुनसाथ विघठित समिति भित्र ठूलो विचलन आएको थियो।' 

उनले अपारदर्शी, जवाफदेहिताविहीन र संस्थागत सिन्डिकेटको अन्त्य गर्दै आमसमुदायको रेडक्रस बनाउने अभियानमा लाग्ने सभापति कटुवालले प्रतिवद्धता व्यक्त गरे। उनले विपद्को मलम लगाउने, अवैधानिक बाटोबाट गरिने गतिविधिलाई निरुत्साहित गर्दै रेडक्रसलाई रुपान्तरण, सुशासन र पारदर्शिताको निमित्त लागिपर्ने बताए। 

संस्थाका कोषाध्यक्ष महेन्द्र राईले केन्द्रीय कार्यसमितिको मार्गनिर्देशन र संस्थाको विधिविधान भित्र रही केही दिन भित्रै एक वर्षे कार्ययोजना ल्याई जिल्लावासीको मानवीय सेवा र सरोकारको संस्था बनाउने बताए। 

उनले यसअघिको सिन्डिकेट प्रथाको अन्त्य गर्दै मानवीय हिसाबले स्वयंमसेवकका रुपमा काम गर्ने सबै व्यक्तिलाई एप्समार्फत सदस्यता खुल्ला गरी वितरण गरिने बताए। संस्थाका मन्त्री महेश्वरी राईले वडा तहसम्म अभियान सञ्चालन गरी सबै पालिकामा रेडक्रस समिति बनाउने बताइन्। उनले भनिन्, 'अहिले १८ देखि ४० वर्ष उमेर समूहका सदस्य नै शााखामा छैन त्यसैले युवालाई लक्षित गरी अभियान चलाउँछौ।'

कटुवाल नेतृत्वको समितिको उपसभापतिमा राजकुमार ओझा, मणिकादेवी दुलाल, मन्त्री महेश्वरी राई, कोषाध्यक्ष महेन्द्र राई, उपमन्त्री सहदेव खड्का, उपकोषाध्यक्ष सुमनकुमार चौधरी रहेका छन्। त्यसैगरी सदस्यहरूमा बिष्णुबहादुर मगर, सम्झना राई, मिथिला खतिवडा, गीता खड्का, राजकुमार राई, अशोक श्रेष्ठ, चन्द्रमणि गुरागाईं र सुरेन्द्र बस्नेत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.