सुदूरपश्चिममा २० दिनदेखि पुगेन खाद्यान्न र तरकारी

सुदूरपश्चिममा २० दिनदेखि पुगेन खाद्यान्न र तरकारी
सुन्नुहोस्

धनगढी : दसैंको मुखमै आएर कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मचारीविहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ। 

२० दिनदेखि खाद्यान्न, तरकारी र फलफूल नआएको कैलाली भन्सार कार्यालयले जनाएको छ। ‘प्लान्ट क्वारेन्टाइनका प्राविधिक कर्मचारी पढाइका लागि बाहिर गएको भन्ने सुनेको छु। प्लान्ट क्वारेन्टाइनले पास नगर्दासम्म भन्सार बनाउन पाइँदैन। त्यसैले २० दिनदेखि त्रिनगर नाकाबाट खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ’, कैलालीका प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले भने।

प्लान्ट क्वारेन्टाइन कार्यालयले नेपाल आयात हुने खाद्यान्न, तरकारी र फलफूलमा किराजन्य संक्रमण चेकजाँच गर्छ। खाद्य प्रविधिको जाँच गरेपछि प्लान्ट क्वारेन्टाइनले किराजन्य संक्रमण परीक्षण गरेपछि मात्रै खाद्यान्न, तरकारी र फलफूलजन्य वस्तु नेपाल भित्रिन्छ। सुदूरपश्चिमका लागि प्लान्ट क्वारेन्टाइनको मुख्य कार्यालय कञ्चनपुरको गड्डाचौकी नाकामा छ। गड्डाचौकी–बनबासा नाकाबाट सामान आयात गर्नका लागि भारतले शारदा नदीको पुलमा बढी भार भएका मालवाहक साधन आउन दिँदैन। उता नेपालगन्जको रुपौडिया नाका भएर आयात गरे प्रदेशको राजस्वमा पनि कमी आउने र खाद्यान्न, तरकारी र फलफूलको मूल्य पनि बढ्ने व्यवसायीहरूले बताएका छन्।

‘प्लान्ट क्वारेन्टाइनमा २० दिनदेखि प्राविधिक नहुँदा नेपालगन्जको नाका प्रयोग गर्नुपर्छ। त्यहाँबाट किलोमा १० रुपैयाँ ढुवानी खर्च बढ्छ। दसैंंको मुखमा खाद्यान्न, तरकारी र फलफूलजन्य सामानको आयात बढी हुने समयमा सरकारी निकायको यस्तो लापरबाहीले व्यवसायी र उपभोक्ता मारमा परेका छन्’, व्यवसायी मनोज अग्रवालले भने।

कैलाली भन्सार कार्यालयले पनि यस नाकाबाट आयात हुने मुख्य वस्तु नै खाद्यान्न, तरकारी र फलफूल रहेको जनाएको छ। ‘मासिक २० करोडको राजस्व खाद्यान्न, तरकारी र फलफूलजन्य सामानबाट संकलन हुन्छ। तर २० दिनदेखि यी सबैको आयात ठप्प भएको छ। राजस्व उठ्ने कुरै भएन’, प्रमुख भन्सार अधिकृत राजेन्द्र हमालले भने।

त्रिनगर नाकाबाट भारत र तेस्रो मुलुकबाट समेत खाद्यान्न, तरकारी र फलफूलजन्य सामानको आयात हुँदै आएको थियो। ‘दसैंंको मुखमा खाद्यान्न, तरकारी र फलफूलजन्य पदार्थको मूल्य बढ्ने देखिएको छ। व्यवसायीले नेपालगन्ज नाकाको प्रयोग गरेर ल्याए पनि उपभोक्ता मर्कामा पर्ने भएका छन्’, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने। प्लान्ट क्वारेन्टाइन कार्यालय संघीय सरकार मातहतको निकाय हो। उद्योगी व्यवसायीहरूले प्रदेशका मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारीसहितका निकायमा क्वारेन्टाइन सञ्चालनको माग गरेका छन्। 

सीमा नाकामा सरकारले प्लान्ट, पशु र खाद्य क्वारेन्टाइन कार्यालय खोलेको छ। प्लान्ट क्वारेन्टाइनले खाद्यान्न, तरकारी र फलफूलमा भएको रोग तथा किरा परीक्षण गर्छ। त्रिनगर नाका हुँदै ठूलो परिमाणको तरकारी, फलफूल, चामल, दाल, बदाम, तोरी, पशुआहार, मकै र गहुँ भारत तथा तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.