निर्माण व्यवसायीले चाँडै भुक्तानी पाउने

निर्माण व्यवसायीले चाँडै भुक्तानी पाउने
कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले पेस गरेको मागपत्र बुझ्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला ।
सुन्नुहोस्

वीरेन्द्रनगर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले तत्काल भुक्तानी पाउने बताएका छन्। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको टोलीले शुक्रबार सुर्खेतमा बुझाएको मागपत्र बुझ्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन्। 

निर्माण व्यवसायीको रोकिएको भुक्तानीका विषयमा मन्त्रालयले चासो देखाउँदै अर्थ मन्त्रालयसँग पनि पहल भइरहेको उनले जानकारी दिए। उनले भने, ‘व्यवसायीले धेरै राम्रा काम गरेका छन् काम गरेको रकम नपाएको समस्याबारे सरकार गम्भीर छ। हामीले यसका लागि प्रक्रिया अगाडि बढाएका छौं, चाँडै व्यवसायीले रोकिएको भुक्तानी पाउँछन्।’ कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले पेस गरेका मागहरू जायज रहेको बताउँदै मन्त्री ज्वालाले आफूले सक्दो पहल लिएर सम्बोधन गर्ने प्रतिबद्धता जनाए। साथै उनले काम नगर्ने निर्माण व्यवसायीहरूलार्ई कानुनी दायरामा पनि ल्याउने बताए। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले विकासमा उपभोक्ता समितिको व्यवस्था खारेज गर्न माग गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालालार्ई आफ्ना मागहरू राख्दै कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव मानव बमले विकासमा बेथिति गर्ने उपभोक्ता समितिलार्ई खारेज गर्न माग गरे। 

निर्माणकार्यको भुक्तानी, ठेक्काको म्याद थप, मूल्य समायोजन, उपभोक्ता समिति खारेजी, अग्रिम मूल्य अभिवृद्धि कर र अग्रिम आय कर समयमै राजस्वमा दाखिला तथा आवश्यक ऐन नियमहरू संशोधन गर्न माग गरिएको बमले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.