टिपरले किच्दा मजदुरको मृत्यु
नुवाकोट : पासाङल्हामु मार्गअन्तर्गत विदुर–बेत्रावती सडकखण्डमा शनिबार टिपरले किच्दा एक मजदुरको मृत्यु भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-१ गोगने घर भई बेत्रावतीमा डेरा गरेर मजदुरी गर्दै आएका ३७ वर्षीया कामी तामाङ रहेका छन्।
बालुवा डिपोमा बा ४ ख ४३४२ नम्बरको टिपरले ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ। प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ।