नुवाकोट सदरमुकामै छैन पानी

नुवाकोट सदरमुकामै छैन पानी
सुन्नुहोस्

दक्षिण एसियाकै नमुना खानेपानी आयोजना बिदुर खानेपानीले आपूर्ति गर्दै आएको खानेपानीको फँलाखु खोला मुहानको मुख्य पाइप खोलामा आएको बाढीले बगाउँदा सदरमुकाममा पिउने पानीको समस्या भएको हो। यसबाट चार हजार बढी घरमा पिउने पानीको समस्या भएको छ।

नुवाकोट : नुवाकोटको सदरमकुाम बिदुरमा पिउने पानीको समस्या आएको छ। तीन सातादेखि पिउने पानीको अभाव हुँदा सयौं घरधुरी तथा हजारौं उपभोक्ता समस्यामा परेका हुन्। 

दक्षिण एसियाकै नमुना खानेपानी आयोजना बिदुर खानेपानीले आपूर्ति गर्दै आएको खानेपानीको फँलाखु खोला मुहानको मुख्य पाइप खोलामा आएको बाढीले बगाउँदा सदरमुकाममा पिउने पानीको समस्या भएको हो। यसबाट चार हजार बढी घरमा पिउने पानीको समस्या भएको छ।

अविरल वर्षाले गत साउन २७ र २८ गते फँलाखु खोलाबाट ल्याइएको जडान गरिएका १३० मिटर पाइप बगाएपछि संस्थाले वितरण गर्दै आइरहेको सदरमुकाम बिदुर, बट्टार, माझीटार, पीपलटारलगायतका स्थानमा खानेपानी समस्या भएको बिदुर खानेपानी तथा सरसफाइ खानेपानी संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले बताए।

बाढीले पानीको पाइप, ढलान र ग्याबिन जाली बगाउँदा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। पुनर्निर्माण तथा अस्थायी रूपमा मर्मतका लागि १० दिनभन्दा बढी समय लाग्नेछ। मर्मतका लागि जिल्ला विपद् व्यवस्थापन समिति र बिदुर नगरपालिकालाई अनुरोध गरेको छ।

साथै, बिदुर नगरपालिका १ ढुंगेदेखि बिदुर ९ कोलेनीसम्मको मुख्य पाइपलाइन प्रयोगमा भएको सामग्री गुणस्तरहीन पाइएकाले उक्त सामग्री सम्झौताअनुसार गुणस्तरको प्रयोग गरी मर्मत कार्य सम्पन्न गराउन निर्माण पक्षलाई ताकेता गरिएको छ। निरीक्षणको क्रममा फँलाखु खोला मुहान सम्झौता अनुसारको संरचना निर्माण नभएको पाइएको हो।

खानेपानी आपूर्तिका लागि वैकल्पिक रूपमा प्रयोग हुँदै आएको बट्टार र बिदुरको डिपबोरिङको खानेपानी अस्थायी रूपमा वितरण गरिएको संस्थाका प्रबन्धक राजकुमार तिमिल्सिनाको भनाइ छ। नुवाकोटको प्रमुख बजार क्षेत्रमा झन्डै तीन सातादेखि खानेपानीको अभाव भएको हो। फँलाखु खोलामा आएको भीषण बाढीले मेन लाइनको तीन सय ५० मिटरको हेड डीआई पाइप पूर्णरूपले क्षति भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.