साथीको हत्या, दुई पक्राउ

साथीको हत्या, दुई पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

मृतक दोलखा मेलुङ गाउँपालिक–१ स्थायी घर भएर हाल काठमाडौं बस्ने २८ वर्षका निर्मल बुढाथोकी रहेको पुष्टि भएको इलाका प्रहरी बनेपाका डीएसपी रेशम बोहराले जानकारी दिए। ‘शवको अवस्था हेर्दा मृत्यु प्राकृतिक थिएन।

काभ्रे : गत मंगलबार बेथानचोक गाउँपालिकामा बेवारिसे अवस्थामा एउटा युवाको शव खोलामा भेटिएको थियो। मंगलबार भेटिएको युवाको शव एटीएम कार्डको सहयोगमा प्रहरीले पत्ता लगाएका थिए।

मृतक दोलखा मेलुङ गाउँपालिक–१ स्थायी घर भएर हाल काठमाडौं बस्ने २८ वर्षका निर्मल बुढाथोकी रहेको पुष्टि भएको इलाका प्रहरी बनेपाका डीएसपी रेशम बोहराले जानकारी दिए। ‘शवको अवस्था हेर्दा मृत्यु प्राकृतिक थिएन। प्रहरीले हत्याको आशंका गरिरहेको थियो। त्यसपछि प्रहरी प्रमाण जुटाउन सुरु गरिएको तीन दिनमै अपराध गर्नेसम्म पुग्न सफल भएका हौं’, उनले भने। 

प्रहरीले मृतक युवासँगै दोलखाकै सैलुङ गाउँपालिका–८ का सुजन उप्रेती सँगै काभ्रे आएकासम्म पत्ता लगाएपछि उनलार्ई बुधबार लैनचौरबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बोहराले बताए। मृतक युवा र सुजन उप्रेती बेथानचोकस्थित एक व्यक्तिको घरमा गाँजा किन्न पुगेको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ। ‘उक्त रात बेथानचोकका स्थानीय तीर्थराज तिमल्सिनाको घरमा उनीहरू बसेका रहेछन्। 

नौ किलो गाँजाको तीर्थराजले १० हजार मागे पनि उनीहरूले चार हजार मात्रै दिने भनेपछि डिल फाइनल हुन नसकेपछि तीर्थराजले भूकम्पपछि बनाएको नयाँ घरमा उनीहरूलार्ई सुताएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ’, डीएसपी बोहराले भने। रातको समयमा सो घरबाट निस्किएका उनीहरू घरबाट दुई सय मिटर तल वादविवाद र हात हालाहाल भएको र सोही क्रममा बुढाथोकीको मृत्यु भएको हुन सक्ने अनुमानसम्म पुगेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.