स्याङ्जामा डेंगुबाट पुरुषको मृत्यु

स्याङ्जामा डेंगुबाट पुरुषको मृत्यु

स्याङ्जा : डेंगु सङ्क्रमणबाट वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आइतबार मृत्यु भएको छ। केही दिनअघि डेंगु सङ्क्रमण देखिएपछि वालिङ-१३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगिएको थियो। 

उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिए। गएको साता गह्रौँ प्राथमिक अस्पताल वालिङमा गरिएको परीक्षणमा चार जनामा डेंगु देखिएको थियो। 

डेंगुबाट पनि गएको साउनमा वालिङका ११ महिने बालिकाको मृत्यु भएको थियो। वालिङ–११ का ती बालिकाको उपचारका क्रममा पाल्पा अस्पतालमा मृत्यु भएको हो। योसँगै स्याङ्जामा २ जनाको डेंगुका कारण ज्यान गएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.