एमाले लुम्बिनीमा जुटेन सहमति, कँडेल र रिजालले दिए उम्मेदवारी

एमाले लुम्बिनीमा जुटेन सहमति, कँडेल र रिजालले दिए उम्मेदवारी
सुन्नुहोस्

बुटवल : नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्वका लागि नेताहरुको सर्वसम्मतको प्रयास सफल हुन सकेको छैन। प्रदेश कमिटी अध्यक्षका लागि नेताहरु केही दिनदेखि सहमतिको प्रयासमा लागेपनि अन्ततः निर्वाचन हुने भएको छ।

अध्यक्ष पदका लागि निवर्तमान प्रदेश कमिटी अध्यक्ष पाल्पाका राधाकृष्ण कँडेल र केन्द्रिय सदस्य प्यूठानका हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गराएका छन्। बुटवलस्थित बुटवल मण्डवको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बन्दसत्र जारी छ। कँडेल आफैँ पुगेर उम्मेदवारी दर्ता गराएका छन् भने रिजालले वारेसमार्फत आफ्नो उम्मेदवारी दिएका छन्।

कँडेलले प्रस्तावकमा राजु श्रेष्ठ र समर्थनमा भोजराज पोखरेल छन् भने रिजालको प्रस्तावकमा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट र गुल्मीका अध्यक्ष बालसिँह काउँछा छन्। अध्यक्षसहित उपाध्यक्ष, सचिव, उपसचिवमा पनि आवश्यकभन्दा बढी उम्मेदवारी परेको निर्वाचन मण्डलले जनाएको छ। सोमबारदेखि मतदान प्रक्रिया सुरु हुने जनाइएको छ।

निर्वाचनमा होमिने भएपछि यस निर्वाचनलाई प्रतिष्ठाको लडाइँको रुपमा नेताहरुले लिएका छन्। कँडेललाई पार्टी केन्द्रिय उपाध्यक्ष विष्णु पौडेल र रिजाललाई महासचिव शंकर पोखरेलको साथ छ। प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। निर्वाचनमा १२ जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिहरुले मतदान गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.