सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि बागमती प्रदेशसभाको बैठक बस्न सकेन

सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि बागमती प्रदेशसभाको बैठक बस्न सकेन
सुन्नुहोस्

हेटौंडा : सत्तारुढ दल र प्रतिपक्ष दलबीच सहमति जुट्न नसकेपछि बागमती प्रदेश सभाको आज दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक सुरु नै नभई स्थगित भएको छ। 

प्रदेश सभाको बैठक बस्नुअघि कार्यपरामर्श समितिको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच असार दोस्रो हप्ता भएको बजेट बाँडफाँडको सहमतिको विषयलाई लिएर विवाद भएपछि आजको प्रदेश सभा बैठक स्थगित भएको हो। 

प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेटमा आफूहरूको माग सम्बोधन नगरी एकलौटी ढंगबाट सरकार अघि बढेको भन्दै असन्तुष्टि जनाएका थिए। 

बिहान साँढे ११ बजेदेखि साँझ ६ बजेसम्म पनि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुट्न नसकेपछि बैठक भदौ २० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.