क्रिप्टो कारोबारमा संलग्न एक जना पक्राउ
काठमाडौं : क्रिप्टो (बिनान्स) कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिका-४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका-३ का २७ वर्षीय पुरूषोत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा आवद्ध भई बिनान्स आइडी खोली क्रिप्टो खरिद बिक्रीको लागि सम्झौता गरी विभिन्न व्यक्तिहरूको बिनान्स आइडीमा ३ हजार ७२६.९८ रुपैयाँ डलर बराबरको रकम राखी उक्त आइडीबाट विभिन्न व्यक्तिहरूखो बैंक खाता लगायत वालेटहरूमा रकम ट्रान्सफर गरी क्रिप्टो कारोबार गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न कार्कीलाई पक्राउ गरेको हो ।
उनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।