बागमती प्रदेश सभाको बैठक २४ गतेका लागि सर्यो
हेटौंडा : बागमती प्रदेश सभाको भोलि भदौ २० गते दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक सरेको छ।
भोलिका लागि तय भएको बैठक भदौ २४ गते बिहान साढे ११ बजे बस्ने बस्ने गरी सबै प्रदेश सभाका सदस्यहरूलाई आह्वान गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। उनका अनुसार सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको सहमति अनुसार नै भोलिको बैठक भदौ २४ गतेका लागि सारिएको हो।
हिजो सोमबार बस्ने भनिएको बैठक सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबीच सहमति हुन नसक्दा भोलि बुधबार बस्ने गरी स्थगित गरिएको थियो। बागमती प्रदेश सभाको बैठक यसअघि गत असार २१ गते बसेको थियो।