निर्वाचन सकिएको ९ महिनापछि विषयगत समितिको बैठक

निर्वाचन सकिएको ९ महिनापछि विषयगत समितिको बैठक
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेश सभाको अंगका रूपमा रहेको विषयत समितिको बैठक आज बसेको छ।

प्रदेश सभाको दोस्रो कार्यकालका लागि भएको निर्वाचनको ९ महिनापछि मात्रै आज विषयगत ५ वटा समितिको बैठक बसेको हो। 

सो समितिहरूको बैठकलाई प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सम्बोधन गर्दै विषयगत समितिलाई अझै परिपक्क र जवाफदेही बनाउन समितिको कार्यविधि तयार गर्नुपर्ने सुझाव दिए।

 
उनले प्रदेश सभाको पूर्ण बैठकबाट विधेयक छलफल गरी थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्ने क्रममा ऐन कानूनको परिधिभित्र रहेर जनहितका लागि आउने विधेयकमाथि कानुनविद् र सरोकारवासँग सम्बन्धित पक्षसँग छलफल र विचार विमर्श गरी सुझावसहितको प्रतिवेदन तयार गर्न निर्देशन दिए। 

पाँच वटा विषयगत समितिको छुट्टाछुट्टै बसेको बैठकमा समितिका पदाधिकारी र सदस्यहरूले जनसरोकारको विषयमा खेल्नुपर्ने भूमिकाका विषयमा ऐन कानून एवम् जनसरोकारको विषयलाई समेट्ने गरी धारणा बनाइनुपर्ने सुझावहरू राखेका थिए। 

बैठकमा प्रदेश मामिला समितिमा जेष्ठ सदस्य शिवराज अधिकारी, सार्वजनिक लेखा समितिमा जेष्ठ सदस्य ठाकुरप्रसाद ढकाल, अर्थ तथा विकास समितिमा जेष्ठ सदस्य रामप्रसाद ढुंगाना, उद्योग पर्यटन तथा वातावरण समितिमा जेष्ट सदस्य याङकिला शेर्पा र शिक्षा स्वास्थ्य तथा कृषि समितिमा जेष्ठ सदस्य मिना पोखरेलले अध्यक्षता गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.