नौ दिनदेखि वेपत्ता डा. उज्वल कोइराला कोसी किनारमा मृत फेला

नौ दिनदेखि वेपत्ता डा. उज्वल कोइराला कोसी किनारमा मृत फेला
सांकेतिक तस्बिर।

उदयपुर : नौ दिनदेखि सम्पर्कबिहीन रहेका ३२  वर्षीय डाक्टर उज्वल कोइराला कोसी किनारामा मृत अवस्थामा फेला परेका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारी झापामा कार्यरत डा.कोइराला उदयपुरको बेलका नगरपालिका ८ कोठुस्थित चतरा पुलछेउमा कार रोकेर बेपत्ता भएका थिए । 

डा. कोइरालाको शव मंगलबार सुनसरीको वराहक्षेत्र नगरपालिका -२ स्थित कोसी वगरको तेराआरी भन्ने ठाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले बताए । उनको शव नदी किनारमा सडिसकेको अवस्थामा फेला परेको उनले बताए ।

झापा दमक नगरपालिका १ का स्थायी बासिन्दा कोइराला ट्रमा सेन्टरमा जनरल सर्जन थिए । प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कारमा सवार कोइराला भदौ १० गते राति २ बजे पुलछेउमा कार पार्किङ गरेर बेपत्ता भएका थिए । 

उनी सम्पर्कबिहीन भएको भन्ने खबर परिवारबाट पाएदेखि नै प्रहरी उनको खोजीमा जुटेको थियो । खोजीकै क्रममा उनी सवार कार पुलछेउमा पार्किङ गरेको पाइएपछि सीसी टीभी रेकर्डको सहाराले खोजी कार्य तीब्र पारिएको थियो । सीसी टीभीको फुटेज पछ्याउँदै जाँदा उनको शव फेला परेको प्रहरी भनाइ छ ।

कार पुलछेउमा पार्किङ गरेको र जुत्ता,मोजा र मोबाइल पुलको बीचमा छाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जुत्ता,मोजा र मोबाइल पुलमै छाडेर हिड्नुले डा.कोइराला मानसिक तनावमा रहेको र आत्महत्या गरेको हुनसक्ने डीएसपी चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.