नेपाल ग्लोबल छनोटनजिक

नेपाल ग्लोबल छनोटनजिक
फाइल तस्बिर।
सुन्नुहोस्

समूह ‘ए’बाट यूएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा बहराइनलाई १० विकेट र तेस्रो खेलमा भुटानलाई तीन विकेटले पाखा लगाएको थियो।

काठमाडौं : नेपाल आईसीसी महिला टीट्वेन्टी विश्वकपको ग्लोबल छनोटनजिक पुगेको छ। शुक्रबार थाइल्यान्डविरुद्धको सेमिफाइनलमा जित निकालेमा नेपाल महिला टीट्वेन्टी  विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ। मलेसियामा जारी एसिया क्षेत्रको छनोटमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच बुधबार तय भएको खेल वर्षाका कारण रद्द भएको थियो। लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक-एक अंक बाँडेका थिए। अंक बाँडेपछि नेपाल यूएईसँग रनरेटमा पछि परेको थियो।

समूह ‘ए’बाट यूएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा बहराइनलाई १० विकेट र तेस्रो खेलमा भुटानलाई तीन विकेटले पाखा लगाएको थियो। यस्तै चौथो खेलमा कतारलाई नौ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। 

समूह ‘ए’मा यूएईले पाँच खेलमा नौ अंक जोड्यो। नेपालले पनि समान खेलमा नौ अंक नै जोडेको थियो। समूह ‘बी’बाट थाइल्यान्ड विजेता र हङकङ उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन्। बुधबार भएको खेलमा थाइल्यान्डले हङकङलाई ४३ रनले पराजित गर्दै समूह विजेता बनेको हो।

आईसीसी महिला टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा ११ राष्ट्रको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित बहरान, भुटान, मलेसिया, कतार र यूएई छन्। 

यस्तै समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्। फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा ग्लोबल टीट्वेन्टी विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.