युद्ध जितेको खुसियालीमा विजय उत्सव

युद्ध जितेको खुसियालीमा विजय उत्सव
सुन्नुहोस्

तानसेन : नेपालले अंग्रेज सेनालाई युद्धमा जितेको  खुसियालीमा तानसेनमा बिहीबार विजय उत्सवसहित भगवतीको रथ यात्रा गरिँदै छ।   विसं १८७१ पुसदेखि १८७२ जेठसम्म पाल्पा, नुवाकोट र बुटवल जितगढी युद्धमा नेपालले अंग्रेज सेनालाई पराजित गरेको थियो। 

तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा  दुई पटकसम्म अंगेज सेनासँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो। युद्धमा अंग्रेज सेनालाई हराएको सम्झनामा  विसं १८७७ देखि निरन्तर रुपमा  प्रत्येक वर्ष पाल्पामा कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउने गरिएको छ। भगवतीको रथ  बिहीबार तानसेन बजारमा घुमाइने छ। 

जनतालाई आजभन्दा दुई सय वर्ष अघि नेपाली सेनाले विश्वशक्ति राष्ट्रका रुपमा चिनिएको अंग्रेज सेनालाई पराजित गरेको इतिहास सम्झाइने छ। वीर गोर्खालीको पहिचान सबैमा जानकारी गराइने छ। 

भगवती रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले दिए। विजय उत्सवलाई भव्य बनाउन विभिन्न नौ वटा उपसमिति गठन गरिएको उनले जानकारी दिए। विजय उत्सवको अवलोकनका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलगायतका विशिष्ट व्यक्तिहरूको  सहभागिता रहने समितिका सचिव प्रकाशनाथ गोङ्गालले बताए। 

तत्कालीन प्रशासक कर्णेल थापाले बुटवल जितगढी युद्धमा विजयी भएमा ‘तानसेनमा भगवतीको तीन तले  मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु’ भनी भाकल गरेका थिए। दुई पटकसम्म युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ गजुरसहितको तीन तले मन्दिर निर्माण गरेका थिए। आधुनिक हातहतियारसहितको तालिम प्राप्त अंग्रेज सेनासँग घरेलु हातहतियारको भरमा कुटनीतिक रुपमा नेपाली सेनाले युद्ध जितेको थियो। यो विजय उत्सवलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने पाल्पाका संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले बताए।

 प्रदेश सरकारले भगवती जात्राका दिन पाल्पामा सार्वजनिक बिदा दिएको छ। युद्धमा अंग्रेज सेनाको नेतृत्व जनरल उडले गरेका थिए। पाल्पा, नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालसँग हारेपछि जनरल उडलाई अंग्रेज सरकारले कारवाही गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.