अर्घामा ऐतिहासिक लाखे नाच
सन्धिखर्क : अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घामा ऐतिहासिक लाखे नाच नाचिएको छ।
ऐतिहासिक अर्घा भगवती देवीको मन्दिर अर्थात् अर्घा दरवारमा परापूर्वकालमा बाइसे चौबिसे राज्यका रूपमा रहेको यस स्थानमा श्री कृष्ण जन्माष्टमीको दिन सदियौंदेखि लाखे नाच नाचिने परम्परा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए।
लाखे नाचेमा भगवान शिव र भगवती देवी खुशी हुने धार्मिक मान्यता रहेको छ। भगवान शिवलाई निन्दा गर्ने दक्ष प्रजापतिलाई युद्धमा पराजित गरेको खुशीयालीमा लाखे नाच नाचिने परम्परा रहेको स्थानीय ठाकुर गन्धर्वले बताए।
उनले भगवान शिवको प्रतीकका रूपमा काल भैरव जस्तै गरी लाखे नाचिने परम्परा रहेको जानकारी दिए।