संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई तत्काल सदनबाट पारित गरौं : कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायसंग सम्बन्धित कानुनलाई लागू हुने गरी सदनबाट पारित गर्नुपर्ने बताएका छन्। बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले सबैको भावनालाई मध्यनजर गर्दै संक्रमणकालीन न्यायसँग सम्बन्धि कानुनलाई अन्तिम रुप दिएर सदनबाट पारित गराउनुपर्ने बताएका हुन्।
कानून बनाउदा कतिपय विषयलाई नजरअन्दाज गर्दा अदालतमा पुग्ने र कानून लागू गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले मानव अधिकारको मूल्यमान्यतालाई समेत ध्यानमा राखेर उक्त कानून अधि बढाउनुपर्नेमा उनले जोड दिए।
कोइरालाले सर्वोच्चको आदेश, अन्तराष्ट्रिय मूल्यमान्यता र पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसंग सम्बन्धीत कानुन बढाउनुपर्ने धारणा राखे।.
उनले कांग्रेस नेता महेन्द्र यादवमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण भएको बताए।