उदयपुरगढीका किसान व्यावसायिक खेतीतर्फ आकर्षित

उदयपुरगढीका किसान व्यावसायिक खेतीतर्फ आकर्षित
सुन्नुहोस्

उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिकाका चारवटा वडाका स्थानीयवासी व्यावसायिक कृषि खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत कृषि प्रणालीलाई अवलम्बन गर्दै सामान्य तरकारी, फलफूल, धान, मकै उत्पादन गर्दै आएका वडा नम्बर २, ५, ६, ७ र ८ का स्थानीयहरू हिजो आज प्रविधिको उपयोग गर्दै व्यावसायिक खेतीतर्फ अग्रसर देखिएका हुन्। 

निर्वाहमुखी उत्पादनले दैनिक जीवनयापनमा परिवर्तन नआएपछि सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोग तथा परामर्शमा किसानहरूले व्यावसायिक बाटो रोजेको गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्काले बताए। 

किसानले बजारको माग अनुसार मौसमी र बेमौसमी तरकारी, फलफूलहरू उत्पादन सुरु गरेको उनले बताए। उत्पादित वस्तु गाउँपालिकाका बजारहरूमा खपत हुने गरेको किसानले बताएका छन्। उपाध्यक्ष खड्काले भने, ‘पालिकाको योजनाले मात्र सम्भव नरहेकाले चारवटा वडामा गैरसरकारी संस्थाको सहकार्यमा किसानलाई व्यवसायतर्फ जोड्न सुरु गरेका हौं। खेतीयोग्य जमिन छ, जे लगायो त्यहीँ हुन सक्ने ठाउँ छ, तर पनि हामी मेहनत गरेर खान अल्छी गरिरहेका छौं। आफ्नो बारीमा केही लगाउन सधैं सरकारले सहयोग गर्ला र केही गर्छु भन्ने धारणा गाउँघरमा अझै पनि छ। त्यसलाई चिर्न र व्यवसायमा रुचि बढाउन संस्थासँग समन्वय गरेका हौ।' 

उक्त वडाहरूमा संस्थाले ९ सय ३ जनालाई लक्षित गरी ३५ वटा समूहमार्फत सचेतनासँगै कृषिको आधुनिकीकरण र उत्पादनमा जोड दिएको छ। 

स्थानीय उर्मिला मगरले भनिन्, ‘प्रायः घरका सानातिना समस्या महिलामा निर्भर हुन्छ, आम्दानीको स्रोत नहुँदा अभिभावकसँगै हात फैलाउनुपर्ने अवस्था थियो। अहिले त्यसको अन्त्य भएको छ। छोराछोरीको किताब कपी, आफूलाई सिन्दुर पोते किन्न, सामान्य व्यवहार टार्न अहिले समस्या छैन। व्यावसायिक कृषि खेती भर्खर सुरु गरेका छौ यसलाई निरन्तरता दिँदा व्यवहार चलाउन र आम्दानीको स्रोत बढाउन समस्या देखिँदैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.