विचरणले विन्यासित भाव तरंग
कवि फेरि चमक भर्छन्, गुलाबी सराबलाई, लायक पार्दै शिष्टाचार मिलाउँदै’ पंत्तिाmले कुनै अमूक–अघोषित रात्रिकालीन बारको चित्रण गरेझैं प्रतीत हुन्छ।
सजीव जीवन हिँडडुल गर्छ। हिँडडुल गर्नु स्वाभाविक। प्राणीमात्रका स्वभावजन्य। स्वाभाविक। प्रकृतिप्रदत्त गुण जीवनको। जिउताभर, अड्ने–टिक्ने। हिँडडुल गर्नु टिक्न नसक्ने गरी हुन्छ, निरर्थक। अर्थै नहुने गरी चल्नु निरर्थक। मतलवै नहुने बेकारको– अर्थहीन। ‘धुमिल जून’ माथि विचरण प्रसंग सन्दर्भ यसको। खेम रिजालको वर्तमान अमेरिका ओहायो राज्य जीविकोपार्जन केन्द्र बिन्दु। भविष्य निर्माण–विनिर्माणले गर्दो हुन्छ। जहाँतहाँ भूगोलभरि नै। शाश्वत सत्य यो। भन्नै नपर्दो। पानीको बहाव जत्तिकै सलल। छेकेर नछेकिने छेकिए ताल बन्छ– तलाउ। ताल फुटे उपध्र मच्चाउँछ। नदीय–चापको प्रभाव– दुष्परिणाम ! यसैपालिका जलवायु परिवर्तनका दुष्परिणामले अनेकार्थी अनुशिक्षण गरेको चोटका होस् ओकल्दै छु– ‘धूमिल जून’ कविता उनका !
अन्नपूर्ण दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी सद्भावले रुचाएका कवि पात्र नेपाल आउँदा ‘निष्ठाछें’ सूर्यविनायक, भक्तपुर प्रविष्ट गर्नु गराउनु। सौजन्य ठानें–मानें। अवसर बन्यो खेमजीका रिजाल कवि प्रत्यक्षीकरणका। धूमिल जून रिजालका मायाको चिनो अखण्ड भण्डारीजीप्रति समर्पित रहेको पाएँ ! आफैंमा संग्रहित सुरक्षित रहनुपर्ने ! उदारतापूर्वक प्रदान गर्नु भो निष्ठा संग्रहालयलाई ! उहाँकै कारण लेख्न पाएको हुँ। नहुँदो हो त कसरी स्मृति पुनर्ताजगी हुनु, ‘कवि रिजालका ‘कविको नृत्य’ कविता पल्टाएँ। पढें सरसर्ती। कविता प्रयोगात्मक हुन्छ। प्रयोगधर्म कवि, कविताको मर्म ठानें। कवितामा प्रयुक्त भाष्य संस्कार निर्मानात्मक हुन्छ। उनका शब्द विन्याशले भाषा शैली निर्माणका खुड्किला थप्छ। विश्वका सबै कवि लेखक, योगदान पुर्याउँछन् यसैगरी ! आआफ्ना मातृभाषाप्रति। कवित्वको योगदान।
नृत्यको हृदयबाट
संगीतको ऊर्जालाई छेउमा उमार्दै
कविहरू कलमको अनुहारले
मौनतामा छलफल लेख्छन्।
नृत्यको हृदय नाचको मर्म। मर्म सारांश। सारांश मूल सन्देश÷सन्देश सार तŒव। कविता–रस निचोर्दा टपकिन्छ टप्टप्। कवितारस थाप्ने भाँडो हृद–दह। त्यसबाट बास्पिएर मन–मस्तिष्क बास्पिन्छ सनै सनै ! काव्यानुभूति हुन् थाल्छ जब चंगा बन्छ जिउ ! परिश्रमले पसिना चुहाउँछ। त्यही स्वच्छ–हलुका जीवन तत्व सार ! काव्यिक गहनता बौद्धिक कसरत। भनुँ पहलमानी भौतिक जगत्का।
यजमानी। यजमानी एकल पक्षीय हुन्न। यसका लागि सिरा दाता अनि दान लिने ग्राहक अनिवार्य ! कवि कविताका सर्जक स्रष्टा ! स्रष्टा दाता। ग्राहक ग्रहणकर्ता। कविताका भावुक पाठक सच्चा ग्रहणकर्ता। भावुक पाठक विश्लेषक बन्छ। विश्लेषक गहिराइसम्मै डुब्छ। नडुबुल्की गहिराइ मापिन्न। कविता गहन भाव ! गहन भाव विश्लेषण समीक्षा। कविता भाव तैरिन्न। सतहगामी हुन्न कविताका अन्तर्य खोटल्दै प्राप्तिन्छ। जे होस्, काव्य जगत्मा खोतल्नु र घोत्लिनु। घोत्लिनु चिन्तन गर्नु। चिन्तनले फुर्याउँछ मन। फुरेपछि चाहिँदो हुन्छ नै केर ? काव्यिक जगत्ले प्रदान गरिने उपलब्धि यही ! विभोरिन्छु। बिभोरिनै त श्रम–परिश्रम गर्नुपर्छ। परन्तु, काव्यिक चिन्तनले निखिल जगत्कै बिपुल उपलब्धि हुन्छ, गरिन्छ।
नर्तकहरूको बीच
धेरै गाढा सपना
जवान बिरुवाको रूपमा
ढाँचा आफ्नो बारेमा
एकमात्र टुटेको अन्धकारलाई
सुनको रोशनीले
विश्रामको स्थानतर्फ लैजान्छ।
तेस्रो पाद ‘कविको नृत्य’ कविता रहस्यात्मक, तर भाव गम्भीर छ। गम्भीर शब्द गहिरो अर्थ बोधात्म हुन्छ। चेत मेरो बोध गर्छ भाव खोतल्नु पर्दो। खोतल्नु ध्यानाग्रस्त हुनु। ध्यानाग्रस्त भए गम्भीर भइन्छ जो पनि। मन नडुलाए ध्यानाभिमुख भइँदो होइन्छ। त्यतिन्जेल आत्मबोध होइदो रैछ। कविका युवावस्थाको असहजता झल्किन थाल्छ। सम्भवतः भुटानका ‘दर्दनाक पीडाका पोका।’ एकमात्र टुटेको अन्धकार शब्द पुञ्जलाई सुनको रोशनीले विश्रामको स्थानतर्फ लैजान्छ। पादले आहायो– सिन्सिनायटिको आशा– भरोसा जगाउँदो वर्तमानलाई इंगित गर्छ। मन्त्र मुग्ध बन्छु ‘कविको नृत्य’ ‘रबर छन्दी
कविता’ माथि विचरण गर्दै।
कवि फेरि चमक भर्छन्
गुलाबी सराबलाई
लायक पार्दै
शिष्टाचार मिलाउँदै।
‘कवि फेरि चमक भर्छन्, गुलाबी सराबलाई, लायक पार्दै शिष्टाचार मिलाउँदै’ पंक्तिले कुनै अमूक– अघोषित रात्रिकालीन बारको चित्रण गरेझैं प्रतीत हुन्छ। अमेरिकाका क्लबको महक महकिएको आभास हुन्छ। त्यहाँका क्लब बारमा चुष्त–दुरुस्त शिष्टाचार–मर्यादा पालन नगरी हुन्न। नवमर्यादा पालकका फन्डामा जकडिन्छ। क्लबको रौनक निर्धारित समय सीमा गुज्रेपछि निस्कनै पर्छ। बाध्यताको पर्खाल ठडिएकै हुन्छ। गुलाबी सराब शब्द–पदले ‘रोजमेरी’ पेय पदार्थलाई इंगित गर्छ। रोजमेरी पेय पदार्थः ग्रहणगर्दा निश्चित परिधानले सजाउनु क्लब संस्कृति संस्कार ठहर्छ। मूक स्थान विशेषका नियमपालक आआफैं मर्यादा धान्नु त हो। कविताका अन्तिम पंक्ति ‘एक नृत्य, बेहोसी हावामा मैनबत्ती अदालतको शपथग्रहण गर्छ’ कवि विचारमा अभिव्यक्त।
अनुमान एक तहका। प्रमाणसहित पुर्पक्ष गर्नु अर्को। भोगी–जानेका अनुभूति गम्य बहस। यौवन सक्रिय जीवनका अनुभूतिका पौडी–पोखरी ! तिनकै अडेसमा ओक्लेका यी मनका बह नभई चिन्तनका सौरभ ! औरातभरिका सौगात ! सभ्यताका पदचाप निर्धारण समयले गर्छ। समयको सदुपयोगले जन्माउँछ सभ्य समाजको पुष्टस्वरूप ! कविता माथिका तैरन–विचरणले तरंगाएको तरंग छर्कंदै गर्छ यो टुप्पो कलमको !
‘कविको नृत्य’सित अनुभूतिका नृत्य–नर्तन गर्न भिक्षाटन मन पराएँ !’ ‘चाउ विजिङ्’ चिनियाँ सहपाठी मनले चाखेका ! एमएस सकी स्वदेश फर्कने क्रममा बिदाइ खातिर विभिन्न रात्रिबारमा बिदाइ भेट। थुप्रो भेट भ्रमणपछि। मध्यरात घट्किसकेछि निवास फर्काइको क्रम। सडक गस्ती प्रहरीले पछ्याइरहेको। ड्रङ्क–ड्राइभका चाल राडारबाट अवलोकन गर्दा रैछन्। चालपाई पछ्याइरहेको। विजिङ् र पिटर एकै गाडीमा। म र एलन ह्यासकी एक गाडीमा। गस्ती प्रहरीले तिनलाई कब्जामा लिए। अब अल्मलिनु हुन्न जाउँ भने उनले। क्वार्टरमा पुगेपछि उनले भने– ‘ग्वंगः तिमीसित दुई सय डलर होला ?’ दिइहालें डण्ड तिरेर छुट्ट्याउने मनसाय अधुरै ! गस्ती–प्रहरीले रातभरि थुने। घटना अघिमात्र पिटरले मलाई एलनसित बस्ने कि ? सोधे थे’ मैले मानें। एलनसित रहें। नत्र फस्थें आफैं।