ज्यापु समुदायको हित र समुन्नतिका पक्षमा पहल गर्छु : प्रचण्ड

ज्यापु समुदायको हित र समुन्नतिका पक्षमा पहल गर्छु : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ज्यापु समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको पनि उन्नति भएको बताएका छन्। शनिबार शुभकामना दिँदै उनले सरकारले ज्यापु समुदायको हित र समुन्नतिका पक्षमा पहल गर्ने विश्वास व्यक्त गरेका हुन्।

‘नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश हो। नेपालभित्रका विविध जाति र भाषाभाषीहरुको आफ्नै मौलिक परम्परा र सँस्कृति छ। विविध जाति भित्र नेपालको संस्कृति जीवन्त राख्ने कार्यमा नेपालका आदिवासीहरुले निरन्तर योगदान दिँदै आएको छ। यसमा पनि आदिवासी नेवार जातिको एक समुदाय ज्यापु कुनै पनि कामलाई व्यवस्थितरुपमा सम्पन्न गर्ने सक्षम समुदायकारुपमा परिचित भूमिपुत्रहरु हुन्। यस समुदायलाई दर्शन र संस्कृतिका धनी, प्रकृति पूजककारुपमा चिनिन्छ। साथै धुन्याँ, धिमे, खिँ, दाफा (दापाः), गुठी परम्परामा विश्वास गर्छन्। ज्यापू समुदाय हाकुपटासी सारी, भान्ता पहिरण, गरगहनासहित, नेवाः भोजभेतर (हाकु छ्वयेला, बजि, पेयपदार्थ), रितिरिवाज, भाषा, कलामा सम्पन्न हुनुका साथै जात्रापर्वको संरक्षक र पहलकर्ताका रुपमा पनि परिचित छन्।’ शुभकामना सन्देशमा भनिएको छ,‘किराँत, गोपाल, लिच्छवी र अहिरवंशद्वारा शासित ज्यापू जातिमा किराँत मंगोल धर्म संस्कृति आर्य संस्कृतिको मिश्रित प्रभाव रहेको पाइन्छ। लिच्छवीकालिन शहर स्थापनादेखिकै ढुङेगधारा, इनार, बहाः बही, चैत्य, मूर्ति, शिलालेखबाट पनि ज्यापू प्रकृतिपुजकसहित बौद्ध दर्शनसँग नजिक रहेको पाइन्छ।’

उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताए। ‘सबै समुदायको हक, अधिकार र पहिचानले मात्र नेपाली राष्ट्रियता सदृढ हुन्छ। ज्यापु समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको पनि उन्नति हो। यसप्रति सरकार स्पष्ट छ र ज्यापु समुदायको हित र समुन्नतिका पक्षमा पहल गर्ने विश्वास दिलाउँदछु’उनले भने।

ज्यापु समुदायले समुदायगत उत्थानका साथै देशको सांस्कृतिक प्रवद्र्धनमा समेत टेवा दिँदै आएको उनको दाबी छ। उनले भने‘यस समुदायका अगुवाहरुको संस्थागत पहलमा ज्यापु महागुठीको संयुक्त अधिवेशन आयोजना गरिएकोमा अत्यन्तै खुशी लागेको छ। यस अवसरमा म चौथौं एकीकृत महाधिवेशनमा यस जातिले पनि सोही अनुसार समृद्ध, विकसित, सामाजिक न्यायको क्षेत्रमा आफ्नो उपस्थिति जनाउनको लागि सक्षम र प्रतिबद्ध नेतृत्व चयन गर्न सफल हुनेछ भन्ने आशासहित हार्दिक शुभकामना व्यक्त गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.