माओवादी केन्द्रलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रचण्ड

माओवादी केन्द्रलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं : प्रचण्ड
सुन्नुहोस्

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्। भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी पुनर्निर्माण गर्ने अभियान उत्साहपूर्ण ढंगले अगाडि बढेको बताएका हुन्।

उनले भने 'अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ। ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न यो अभियान सफल पार्न जरुरी छ।' 

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए। उनले जनताको काम गर्ने एक मात्र पार्टी माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे।

सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए। उनले चीन भ्रमणमा नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.