प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भोलि बागमतीमा समाजवादी मोर्चा घोषणा हुने

प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा भोलि बागमतीमा समाजवादी मोर्चा घोषणा हुने
सुन्नुहोस्

हेटौंडा : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भोलि हेटौंडामा समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय कमिटी घोषणा हुने भएको छ। 

शनिबार पत्रकार सम्मेलनमार्फत् मोर्चामा आवद्ध राजनीतिक दलहरूले भोलि हुने सन्देश सभा र घोषणा सभाका विषयमा जानकारी गराउँदै आवश्यक तयारी पूरा भएको जनाएका हुन्। 

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा रहेका छन्। प्रधानमन्त्री प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवले संयुक्त रुपमा मोर्चाको प्रदेश कमिटी घोषणा गर्ने छन्।

साथै भोलि हुने कार्यक्रममा मोर्चामा आवद्ध राजनीतिक दलका कार्यकर्ताहरूलाई मोर्चाको अवधारणाबारे प्रशिक्षण दिइने नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले बताइन्। 

उनले मोर्चा आवद्ध दलहरूले साझा अवधारणा लिएर मुलुकको सर्वोपरि हितका लागि अघि बढेको बताउँदै सैद्धान्तिक र वैचारिक एकता भएको खण्डमा भविष्यमा बाम एकता हुने उल्लेख गरिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.