मोटरको तारबाट करेन्ट लागेर महिलाको मृत्यु

मोटरको तारबाट करेन्ट लागेर महिलाको मृत्यु
सुन्नुहोस्

विराटनगर : पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर मोरङको पथरीशनिश्चरे नगरपालिका–६ शनिबार एक जना महिलाको मृत्यु भएको छ। 

करेन्ट लागेर ५६ वर्षीय शन्तिला भट्टराईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार आफ्नै घरअगाडिको कलमा नुहाउने क्रममा विद्युत प्रवाह भइरहेको मटरको तार छुँदा बिहान ६ बजेतिर करेन्ट लागेर भट्टराई गम्भीर घाइते भएकी थिइन्। 

उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। चिकित्सकले बिहान ८ बजेतिर उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.