मलङ्वामा कर्फ्यू हट्यो, जनजीवन समान्य बन्दै
मलङ्वा : शुक्रबार रातिदेखि अशान्त बनेको मलङ्वाको जनजीवन समान्य बन्दै गएको छ । कृष्णको मुर्ती सेलाउने विषयमा दुई समुदायबीच झडप हुँदा शुक्रबार रातिदेखि मलङ्वाको अवस्था तनावग्रस्त बनेको थियो ।
शनिबार बिहानदेखि अवस्था झन उग्र बन्दै गएपछि बेलुका ५ बजेदेखि आइतबार बिहान ८ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको थियो।
कर्फ्यु हटेपछि अहिले जनजीवन समान्य बनेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन्। कर्फ्यु हटे पनि निषेधाज्ञा अगामी २७ गतेसम्मका लागि कायमै रहेको प्रजिअ यादवले बताए । कर्फ्यु हटे पनि बजारमा केही पसलहरु मात्र खुलेका छन्।
निषेधाज्ञामा कुनै प्रकारका भेला, र्याली, सभा र भिडभाड गर्न नपाइने प्रजिअ यादवले जनाए। हाल सुरक्षा समितिको बैठक बसिरहेको उनले जनाए।