प्रधानमन्त्रीको चीन भ्रमण

प्रचण्डले गरे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री लगायतसँग छलफल

प्रचण्डले गरे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री लगायतसँग छलफल
तस्बिर : ओली सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणका विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा प्रधानमन्त्री प्रचण्डले आज बिहान ९ बजेदेखि पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरु लगायतसँग छलफल गरिरहेको प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। उनका अनुसार प्रचण्डले आज साँझ परराष्ट्र विज्ञहरुसँग छलफल गर्नेछन्। 

null

नेपाल र चीनबीच हुने द्विपक्षीय सहमति गर्नुपर्ने विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्रीको भ्रमणका बेला चीनले बीआरआई परियोजना कार्यान्वयनका लागि प्रचण्डसँग ठोस कुराकानी गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले संसदमा चीन भ्रमणमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागिचीन-नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहने बताएका थिए। भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने उनको भनाइ छ।

नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरु खोल्ने विषय प्राथमिकतामा रहने छ।

त्यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषयसमेत प्राथमिकतामा राख्ने प्रधानमन्त्रीको तयारी छ।

प्रधानमन्त्री दाहालले चीनसँग विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने दाबी गर्दै आएका छन्।  


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.