हर्क साम्पाङलाई प्रश्न सोधेको आरोपमा पक्राउ परेका अशोक लिम्बू रिहा

हर्क साम्पाङलाई प्रश्न सोधेको आरोपमा पक्राउ परेका अशोक लिम्बू रिहा
सुन्नुहोस्

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्य शैलीको विरोध गर्दै उनलाई प्रश्न सोधेको आरोपमा शुक्रबार पक्राउ परेका  धरान-१५  का अशोक लिम्बू रिहा भएका छन्। 

साम्पाङको ठाडो निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको थियो । 
 

डेङु रोगको सचेतना कार्यक्रम गरिरहेका मेयर साम्पाङलाई घरै पिच्छे डेङ्गुले बिरामी भएर मरिरहेका छन् तपाईं बाटोमा कार्यक्रम गर्नुहुन्छ भन्दै स्थानीय लिम्बुले प्रश्न सोधेका थिए ।  त्यति भन्ने बित्तिकै साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए । 

लिम्बु पक्राउ परेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र धरानका डिएसपी नवराज मल्लको समेत व्यापक आलोचना भएको थियो । अराजक,असभ्य र अमर्यादित शैलिमा प्रस्तुत भैरहने मेयर साम्पाङको निर्देशनमा निर्दोष व्यक्तिलाई पक्राउ गरिनु सुनसरीका सिडियो पाण्डे र धरानका डिएसपी मल्लको गैरकानुनी काम भएको एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले बताए ।

धरानका डिएसपी नवराज मल्लले पक्राउ परेका लिम्बूविरुद्ध कसैले उजुरी नदिएको र शुक्रबारको घटना सामान्य रहेकाले धरान-१५ का वडाअध्यक्ष नरेश इवारमलाई जिम्मा लगाएर रिहा गरिएको बताए । 

लिम्बुले दुबै मिर्गौला पीडित रहेका छिमेकी दाइको घरमा मेयर साम्पाङ लगायतले फोटो खिच्न थालेपछि आफूले मानवीय संवेदनाको कुरो उठाउँदा तँ कार्यक्रम बिथोल्न आएको भन्दै प्रहरी लगाएर पक्राउ गरिएको बताए। 

किरात याक्थुम चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य ताजुव लिम्बुले सामाजिक र राजनीतिक सद्भाव बिथोल्ने प्रयास भैरहेको धरानमा प्रहरी प्रशासनबाट नै निर्दोष व्यक्ति पक्राउ गरिनु अत्यन्तै गलत काम भएको बताए । उनले यस्ता गलत काम नगर्न स्थानीय प्रहरी, प्रशासनलाई चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.