चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई सुझाव : छिमेकी मुलुकसँग विश्वासको वातावरण बनाउनुस्

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई सुझाव : छिमेकी मुलुकसँग विश्वासको वातावरण बनाउनुस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मुलुकलाई विश्वासमा लिन सुझाव दिएका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरु लगायतसँग गरेको छलफलमा उनीहरुले चीन र भारतलाई नेपालले विश्वासमा लिएर अगाडि बढ्न सुझाव दिएका हुन्।  

बैठकपश्चात पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारत र चीनले नेपालको नेताबाट विश्वास गुमाउँदै गएको बताए। उनले भने, ‘भारत र चीनले नेपालको नेताबाट विश्वास गुमाउँदै गएका छन्। किन विश्वास गुमाए ? किन नेपाललाई पत्याएनन् ? यो विषयमा मनन गर्न सुझाव दिएका छौं ।’

चीनले पनि नेपाललाई पत्याउन छाडिसकेको बताउँदै पाण्डेले त्यसकारण छिमेकी मुलुकले अपत्यार गर्नु राम्रो नभएको बताए। उनले तुरुन्त छिमेकी मूलुकसँग विश्वासको वातावरण बनाउन सुझाव दिएको जानकारी दिए।

यसैगरी जनमत पार्टीका अध्यक्ष सिके राउतले गरिबी निवारण गर्न चीनले उपायहरु के-के अवलम्बन गरेको छ बुझ्न सुझाव दिएर उनले भने, गरिबी निवारण गर्नमा चीनले के-के उपाय गरेको छ। भ्रमणमा बुझ्नुहोस् र नेपालमा लागु गर्नुस्।’

उनले चीनियाँ उद्योग नेपालमा खोल्ने वातावरण बनाउन समेत आग्रह गरे। उनले भने,‘मल उद्योग पनि तत्काल खोल्नुपर्‍यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.