सरकारले दबाब महसुस गरिरहेको छ : प्रधानमन्त्री दाहाल

सरकारले दबाब महसुस गरिरहेको छ : प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले दबाब महसुस गरिरहेको बताएका छन्। आतबार हेटौंडामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले सरकार भ्रष्टाचार, बेथिती र कुशासनविरुद्धको अभियानमा भएकाले सरकार र आफूविरुद्ध दबाब बढाउन एक समूह नै लागिपरेको बताएका बताए। 

उनले भने, ‘सरकारविरुद्ध एक प्रकारको दबाब महसुस भइरहेको छ।’ उनले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको बताउँदै आज बागमती प्रदेश स्तरीय कमिटीसमेत घोषणा हुने बताए। 

उनले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा सामान्य नभएको टिप्पणी गरे। दाहालले आफू प्रधानमन्त्री भएपछि पटक-पटक अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.