साहसिक काम गर्जे ल्हाक्पा रिन्जी अमेरिकामा सम्मानित

काठमाडौं : साहसिक काम गर्ने एक जना नेपाली अमेरिकामा सम्मानित भएका छन्। न्युयोर्कको व्यस्त लागार्डिया विमानस्थलको पार्किङमा कारमा लागेको आगो निभाएर बहादुरी देखाइका ल्हाक्पा रिन्जी शेर्पा सम्मानित भएका हुन्। उनलाई न्युर्योक सिटीको एसेम्बली ओमेन जेनिफर, कंग्रेस ओमेन ग्रेसमिंग, काउन्सीलम्यान शेखर किसान, न्युयोर्क राज्यको कम्ट्रोलर ब्राडल्यान्डरले हिरो उपाधिले सम्मान गरेका छन्। विमानस्थलका म्यानेजर एन्थोनीसिभेलोले साहसिक कार्य गर्नेलाई दिदै आएको व्रेवरी मेडल साहसिक पदकसँगै मायाको चिनो प्रदान गरे।
एक महिनाअघि लागार्डिया विमानस्थलको पार्किङस्थलमा राखिएको एउटा कारमा अचानक आगलागी भएको थियो। आगलागीबाट त्रसित भएकाहरू भागदौड गरिरहेका बेला ल्हाक्पा आगलागी नियन्त्रणमा जुटेका थिए। फायर एक्स्टीङ्गगुइसर (आगो निभाउने उपकरण) लिएर उनले ट्याक्सीमा दन्किरहेको आगो निभाए। विमानस्थलमा हुनसक्ने ठूलो क्षति उनको साहसिक कामले टरेको थियो।
उनको साहसिक काम देखेर धेरैले मोबाइलमा भिडियो कैद गरी सामाजिक सञ्जालमा हालेका थिए। सामाजिक सञ्जालदेखि मिडियामा उनलाई 'हिरो'को उपनाम दिइएको छ।
प्रतिक्रिया दिनुहोस !
