नेपाल र चीनबीच भएका सहमति छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता

नयाँ नक्साबारे एमाले महासचिव पोखरेलले गराए चिनियाँ कम्युनिष्ट पार्टीको ध्यानाकर्षण

नयाँ नक्साबारे एमाले महासचिव पोखरेलले गराए चिनियाँ कम्युनिष्ट पार्टीको ध्यानाकर्षण
सुन्नुहोस्

बेइजिङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालले जारी गरेको नयाँ नक्साबारे चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओलाई जानकारी गराएका छन्। सोमबार बेइजिङमा लिउसँग भएको भेटका क्रममा पोखरेलले चीनले हालै जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नदेखाएको भन्दै ध्यानाकर्षण गराएका हुन्। 

उनले नयाँ नक्साको सन्दर्भमा चीनको पनि साथ चाहेको बताए।  ‘१८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेका छौं। त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको छ। हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं।’ महासचिव पोखरेलले भने,‘चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ चाहन्छौं। हामी एक चीनको पक्षमा दृढ छौं। नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्छौ।’

null

चीनको प्राकृतिक संशाधन मन्त्रालयले २८ अगष्टमा जारी गरेको ‘२०२३ को स्ट्याण्डर्ड म्याप’मा कालापानी, लिपुलेक, लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा राखेको थियो। उक्त नक्सामा नेपालका केही भूभागलाई भारततर्फ देखाएपछि चीनको आलोचना हुँदै आएको छ। नेपालले २०७७ सालमा संसदबाट पास गरी कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेको छ।

पोखरेलले नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्ने बताए। महासचिव पोखरेलले २०८४ सालको आमनिर्वाचनमा बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्यसहित क्रियाशिल रहेको जानकारी गराए। पोखरेलले भने,‘एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियान सञ्चालन सम्पन्न गरेका छौं। यो अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको छ। फेरि हामीले मिसन २०८४ अभियान सुरु गरेका छौं। २०८४ सालको आमनिर्वाचनमा हामी निर्वाचनमार्फत बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पुरा गर्ने लक्ष्यसहित क्रियाशिल छौं।’

उनले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन्पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको बताए।

जवाफमा विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा एमालेलाई धन्यवाद दिएका छन्। ‘नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ। यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं। चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि छन्।’ उनले भने ‘हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरु र तपाईहरुको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं। ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ।’

नेपाल चीनको राम्रो मित्रशक्ति भएको बताउँदै उनले राज्यस्तरमा रहेका हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए। विदेश विभाग प्रमुख लिउ जियनचाओले भने, ‘दुई पार्टीका उच्चस्तरी नेताहरुको भ्रमणलाई अझ बढाउनुपर्छ। चीन सधैंभरी शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको छ । भबिष्यमा पनि तपाईहरुले यसतर्फ चाल्ने पाइलामा सधैं साथ र सहयोग रहनेछ।’

महासचिव पोखरेलसँगै विदेश विभाग प्रमुख जियनचाओ पनि आज छिन्हाई शहर जाँदैछन्। उनीहरुले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.