२६ लाख भेटिएपछि अर्का अधिकृत पौडेल फरार

२६ लाख भेटिएपछि अर्का अधिकृत पौडेल फरार
सुन्नुहोस्

नेपालगन्ज : दाङको आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा कार्यरत शाखा अधिकृत खगेन्द्र सापकोटा २६ लाख रुपैयाँसहित नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन्। सापकोटासँगै रहेका सोही कार्यालयका अर्का अधिकृत दीपक पौडेल भने पैसा फेला परेपछि भागेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार सोमबार बिहान ७ बजे श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका सापकोटा र पौडेलको राँझा विमानस्थलमा स्क्यानिङ मेसिनबाट झोला चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रुपैयाँ फेला परेको थियो। 

‘झोलामा कपडा पनि छ। कसको हो भन्नसक्ने अवस्था छैन। सँगै आएका थिए। पौडेल फरार छन्’, प्रवक्ता डाँगीले भने, ‘आफू पक्राउ परे लगत्तै सापकोटाले तपाई कहाँ हो भनेर पौडेललाई फोन गरेका थिए। म आइहाल्छु भनेका पौडेल फरार छन् । सरकारी कर्मचारी कति दिन फरार होलान् र?’

पक्राउ परेका सापकोटालाई सोमबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुख्य कार्यालय काठमाडौं पठाउने तयारी गरे पनि नेपालगन्जमा दिनभर पानी परेर हवाइ सेवा प्रभावित भएकाले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको प्रवक्ता डाँगीले जानकारी दिए। स्रोत नखुलेको रकमबारे अब अख्तियारले नै छानबिन गर्ने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.