माटो जोगाउ अभियान लिएर कैलाश दर्शन गर्न सिमिकोट पुगे सदगुरु
मुगु : माटो जोगाउ अभियानमा भारतबाट रारा आइपुगेका सदगुरु कैलाश यात्राका लागि सिमिकोट आइपुगेका छन्। उनी रारा बिमानस्थलबाट सिमिकोट पुगेका हुन्।
भदौ १९ गते काठमाडौंबाट कैलाश मानसरोवर यात्राका लागि सडक यातायातमार्फत् सुर्खेत, दैलेख कालिकोटहुँदै जुम्लाको पातारासी गाउँपालिकाको तालकोटमा दुई बास बसी आइतबार बेलुका राराताल पुगेका हुन्।
दुई रात राराको मिलिचौरमा आफ्ना भक्तजनसँगै टेण्टमा बसेका सदगुरु रारा विमानस्थलबाट कैलाश यात्रका लागि सिमिकोट पुगेका हुन् ।
विभिन्न ४४ देशका ४८ जना भक्तजनसहित माटो बचाउ अभियानमा रारा आइपुगेका सदगुरुले २०२२ मा ६० दिन लगाए मोटर र गाडीबाट २५ देश पुगेका थिए । भारतको लामो नदी काबेरीको पानीको श्रोत घट्न थालेको भन्दै उनले एक अरब बिरुवा समेत रोपेको उनको यात्राको जिम्मा लिएको द टेकर्स सोसाइटी प्रालीका टुर लिडर डम्बरबहादुर थापाले जानकारी दिए ।
वर्षमा एकपटक नेपाल आइपुग्ने गरेका सदगुरु माटो बचाउ अभियान लिएर देशका दुर्गम जिल्ला पुग्ने गरेका छन् । सदगुरु नेपालकै बाटो भएर २५ वर्षदेखि कैलास दर्शन गर्दै आएका छन् ।
पहिलो पटक रारामा सदगुरु जस्ता महान व्यक्ति पुग्दा रारा-कैलास धार्मिक पर्यटन जोडिनुका साथै राराको पर्यट प्रवर्द्धन समेत बढ्ने रारा राष्ट्रिय निकुञ्जका प्रमुखा विश्वबाबु श्रेष्ठले बताए । एकै दिन ठूलो संख्यामा सार्क तथा अन्य मुलुकका पर्यटक रारा पुगेको यो पहिलो रेर्कड हो ।