श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थिव शरीर भोलि १ बजेसम्म पार्टी कार्यालयमा राखिने
काठमाडौं : नेकपा एमालेले असमायिक निधन भएका नेता सुवास चन्द्र नेम्वाङको पार्थिव शरीरमा बुधबार १ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्न सकिने जनाएको छ। उनको पार्थिव शरीर च्यासलस्थित एमालेको पार्टी कार्यालयमा राखिएको छ।
एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष नेम्वाङको मंगलबार विहान हृदयघातबाट निधन भएको थियो।