धरानका उपमेयरको घरमा तोडफोड

धरानका उपमेयरको घरमा तोडफोड

धरान : धरान उपमहानगरपालिकाक उपमेयर अइन्द्रविक्रम बेघाको घरमा तोडफोड भएको छ। धरान-१५ स्थित खिरिया बस्तीमा रहेको बेघाको घरमा अराजक समूहका ब्यक्ति प्रवेश गरी तोड्फोड गरेका हुन्। 

तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको छ। बेघाको कान्छा भाइ बिष्णु बेघालाई आक्रमण गर्न आएको समूहले उपमेयर बेघाको घर तोडफोड गरेको बताइएको छ। 

बेघाको घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत शान्ति सुरक्षा नपाएको बेघाले गुनासो गरेका छन्। उनले घटना घट्ने वित्तिकै प्रहरि बोलाउँदासमेत प्रहरी नआउनुले धरानको शान्ति सुरक्षामा प्रश्न उठेको बताए। 

 
सुनसरीका प्रहरी प्रमुख एसपी विपीन रेग्मीले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी गर्न प्रहरी परिचालन गरिएको बताए। उनले बेघाको घरमा भएको तोडफोडमा खबर गरेर प्रहरी तत्काल नगएको विषयमा छानविन गिरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.