सरकारी जग्गा खाली गर्न निर्देशन

सरकारी जग्गा खाली गर्न निर्देशन
सुन्नुहोस्

जुम्ला : जिल्ला उपभोक्ता सहकारी संघ जुम्लाको नाममा माओवादीले उपभोग गरिरहेको जिल्ला खेलकुद विकास समितिको जग्गा खाली गर्न निर्देशन दिइएको छ।

जुम्ला बजारस्थित हनुमान मन्दिर नजिकको जग्गामा सहकारीमार्फत २०६६ सालदेखि माओवादीले विभिन्न खाले संरचना निर्माण गरी चलाउँदै आएको थियो। हाल आएर त्यहाँ निर्मित संरचना र जग्गा खाली गर्न निर्देशन दिइएको हो। 

उक्त जग्गा ०६६ असोज ०८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको सर्वदलीय बैठकबाट जिल्ला उपभोक्ता सहकारी संघ निर्माण गर्न दिइएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 

‘जिल्ला उपभोक्ता सहकारी संघ संयोजक र समितिको तर्फबाट सुपथ मूल्यका सहकारी पसल निर्माण गर्ने सम्झौता भएको देखिन्छ,’ जिल्ला खेलकुद विकास समितिका प्रमुख बरमबहादुर महतले भने, ‘तर पछि सम्झौता विपरीतका काम भए। विभिन्न संरचनाहरू खडा गरिए।’
उनका अनुसार उक्त जग्गामा सुपथ मूल्यका पसल सञ्चालन गर्नुपर्नेमा ढुंगा, काठ र जस्ता छापिएका टहराहरूमा पार्टी कार्यालय, आवास गृहलगायतका संरचना खडा भएका छन्, जुन सम्झौताविपरीत छन्।

‘तत्कालीन गाविसहरूबाट प्राप्त अनुदान रकमले सुपथ मूल्यका सहकारी पसलहरू निर्माण गरिनुपर्नेमा गरिएका छैनन्,’ उनले थपे, ‘यी क्रियाकलापका बारेमा पटक–पटक बैठक, पत्राचार, फोन सम्पर्क गरी ०७४ बाट नवीकरण गर्न र खाली गर्न भनिँदै आए पनि अटेरी भइरहेको छ।’ 

०८० भदौ २४ गते जिल्ला खेलकुद समितिले जिल्ला उपभोक्ता सहकारी संघको नाममा चिठी काटेर सम्झौतामा उल्लेख भए बमोजिम दुई–दुई वर्षमा नवीकरण गर्नु पर्नेमा नगरिएको, मासिक भाडा रकम नतिरिएको देखिनुका साथै संरचना जीर्ण र भत्किने सम्भावना भएको देखिएकाले सम्झौता रद्द गरिएको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.