मध्य भोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा, प्रशारण लाइनमा जोड्न समस्या

मध्य भोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा, प्रशारण लाइनमा जोड्न समस्या
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रविसे नगरपलिका-५ जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाका अनुसार निर्माण कार्य ९९ दशमलब ९ प्रतिशत पूरा भइसकेको छ । यो आयोजनाको बिजुली सिन्धुपाल्चोकको बाह्रविसे सवस्टेशनदेखि रामेछापको न्यू खिम्ती हुँदै ढल्केबर पुर्‍याउने र अर्को बाह्रविसेदेखि काठमाडौंको लप्सीफेदी सवस्टेशन हुँदै राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरी काम भइहरेको छ । 

कुल १२ अर्व २२ करोड ३७ लाख अनुमानित लागत रहेको आयोजनामा हालसम्म आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । चिलिमे जलविद्युत आयोजनाको अगुवाइमा बि.सं. २०७० सालबाट सुरु भएको आयोजना २०७३ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । २०७२ सालको भूकम्प, नाकाबन्दी, कोरोना र आन्तरिक अव्यवस्थापनका कारण सात वर्ष पर धकेलिएको यो आयोजना अब भने पूरा हुने भएको हो । 

‘कात्र्तिक सम्ममा हाम्रो काम सबै सकिन्छ’, आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले भने, ‘त्यसपछि उत्पादन भएको बिजुली प्रशारण लाईनमा जोडिने छ ।’ २०७९ साउनमा ७ किलोमिटर लामो सुरुङ छेडिएपछि हाल विद्युत उत्पादनको अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ । 

‘सुरुङ फिनिसिङ हुन अलि ढिलाई भएको थियो। अहिले फिनिसिङ सकिएकोले मेसिनहरु जोड्ने र जाँच गर्ने काम भईरहेको छ’, आयोजनाका वरिष्ठ सिभिल इञ्जिनियर विष्णु नबिन दीप बीसीले भने, ‘कार्तिकको सुरुवाती दिनमा नै आयोजना सम्पन्न हुन्छ ।’ करिव २ वर्ष अघि नयाँ व्यवस्थापन नियुक्त भएपछि भने कामले गति लिएको थियो ।

आयोजनामा कर्मचारी सञ्चय कोषको ऋण छ । त्यस्तै आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३७ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, सिन्धुपाल्चोकका ४ इन्भेष्टमेन्ट कम्पनीहरुको ४ प्रतिशत, कर्मचारी संचयकोषका सञ्चयकर्ता र कर्मचारीहरुको २० दशमलव ५० प्रतिशत, सिन्धुपाल्चोकबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत लगानी छ । 

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुने जनाईएको छ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ । ‘यहाँबाट उत्पादन भएको बिजुली ८ वर्षसम्म पिपिएमा जान्छ’, प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले भने, ‘लगानीकर्ताहरुलाई म आश्वस्त गर्न चाहान्छु कि यसले राम्रो मुनाफा दिनेछ ।’

प्रशारण लाइनमा जोड्न समस्या
धेरै हण्डर र ठक्कर खाएको आयोजना पूरा हुन लाग्दा पनि यसको अर्को चुनौती भने टरेको छैन । आयोजना सम्पन्न हुन लाग्दा पनि बिजुली लैजाने प्रसारण लाइन भने निर्माण भइरहेको छ । बि.सं. २०७६ असारदेखि नै काम सुरु भएको न्यू खिम्ती बाह्रबिसे ४ सय केभी प्रशारण लाईनको काम हालसम्म ८५ प्रतिशत मात्रै सम्पन्न भएको आयोजनाले जनाएको छ । 

त्यसैगरी बाह्रविसेदेखि काठमाडौको लप्सेफेसीसम्म ४ सय केभीकै प्रशारण लाईन यही असोजमा पूरा हुनुपर्नेमा हालसम्म जम्मा ५८ प्रतिशत मात्रै पूरा भएको छ । ‘हामीले निर्माण पूरा गरे पनि प्रशारण लाईनमा जोड्नको लागि बाह्रबिसे-लप्सेफेदी प्रसारण लाइनको निर्माण सम्पन्न भईनसकेकाले उत्पादन खेर जाने हो कि भन्ने चिन्ता छ’, आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले भने ।

प्रशारण लाईन आउँदो पुस भित्र सम्पन्न हुने साइड इन्जिनियर सुदिप चालिसे बताउँछन् । ‘प्रशारण लाईनका १ सय ८ वटा टावर बनिसकोको छ, ४६.५ किलोमिटर  तार विछ्याउनु पर्नेमा १६ किलोमिटर बिछ्याईसकिएको छ,’ चालिसेले भने, ‘वातावरण अनुकुल भए डिसेम्भरसम्ममा काम सम्पन्न हुन्छ ।’

काठमाण्डौको लप्सेफेदीमा भने स्थानीयको अबरोध कायमै छ । जसका कारण समस्या उत्पन्न भएको खिम्ती-बाह्रविसे-प्सेफेदी विद्युत प्रशारण आयोजनाका प्रमुख नितिश पौडेल बताउँछन् । ‘बाह्रविसेबाट लप्सेफेदी हुँदै काठमाण्डौ बिजुली ल्याउने हाम्रो योजना रहेको छ, तर अहिले लप्सेफेदीमा स्थानीयले अबरोध गरिरहेका छन्’, उनले भने, ‘त्यसले गर्दा त्यो लाईन बनेता पनि समयमै जोड्न समस्या देखिएको छ ।’ 

उत्पादनको अन्तिम तयारीमा रहेको मध्ये भोटेकोशीको विद्युत आयोजनाको उत्पादन खेर जान नदिन प्रयास भईरहेको उनले बताए । ‘हामीले तत्कालको समस्या समाधान गर्न बाह्रविसेदेखि लामोसाँघुसम्म बैकल्पिक रुपम १ सय ३२ केभीको प्रशारण लाईन बनाएर यो प्रशारण लाईन सम्पन्न नहुँदासम्म त्यहाँबाट जोड्ने योजना बनाएका छौं’, आयोजना प्रमुख पौडेलले भने, ‘यसो हुँदा मध्ये भोटेकोशीले उत्पादन गरेको विद्युत खेर जाँदैन ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.