आर्जनलाई स्वर्ण

आर्जनलाई स्वर्ण
सुन्नुहोस्

काठमाडौं : स्युचाटार तेक्वान्दो डोजाङका आर्जन श्रेष्ठले ११औं कोरियन एम्बेस्डर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्। बिहीबारबाट सुरु प्रतियोगिताको पुरुष क्याडेट व्यक्तिगत पुम्सेमा आर्जनले स्वर्ण जितेका हुन्। गोदावारी इन्टरनेसनल फिटनेस तेक्वान्दोका निरब महर्जन दोस्रो र एब्सुलुटका सचिन विक र हात्तिवनका विलोभ क्षत्री तेस्रो भए।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको क्याडेट महिला व्यक्तिगत पुम्सेमा बंगलादेशकी सुहा रायेफा पहिलो, एब्सुलुटकी प्रतिक्षा राणा दोस्रो तथा गोदावारीकी सर्गम थापा र प्रकृति प्रजा तेस्रो भए। 

सन् २००३ देखि सुरु भएको प्रतियोगिताको अहिलेसम्म १० वटा संस्करण सम्पन्न भइसकेको छ। ११औं संस्करणमा ७११ महिला र १०६७ पुरुष गरी एक हजार सात सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ।  प्रतियोगितामा पुम्सेमा २५ र ग्यरोगीमा ३२ गरी ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

यसअघि नेपाली खेलाडी मात्र सहभागी हुँदै आएकोमा यस पटक भारत र बंगलादेशका खेलाडी पनि सहभागी भएका छन्। प्रतियोगितामा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडी सहभागी भएका छन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई कोरियामा हुने विश्व कोरियन एम्बेस्डर प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ। प्रतियोगिता आयोजनाका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता सञ्चालन गर्न देशभरका ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवक परिचालन गरिएको छ। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बू र नेपालका लागि दक्षिण कोरियाका राजदूत ताइयोङ पाकले संयुक्त रुपमा उद्घाटन गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.