काठमाडौं महानगरले बालबालिकालाई खुवायो हैजाविरुद्धको औषधी
काठमाडौं : काठमाडौ महानगरपालिकाले सरकारी विद्यालयमा अध्ययनरत बालबालिकालाई हैजाविरुद्धको औषधी खुवाउन सुरु गरेको छ।महानगरभित्रका बालबालिकालाई हैजाको रोगबाट बच्नका लागि औषधी खुवाइएको हो ।
महानगरपालिकाका स्वास्थ्य विभागकी बबिता राईका अनुसार बिहीबार महानगरको १० नम्बर वडास्थित रत्नराज्य स्कूलका बालबालिकालाई औषधी खुवाइएको थियो ।