एक किलो सुन तस्करीमा तरुण दलका नेता संलग्न, उनको दुवै गाडी प्रयोग भएको पुष्टि

एक किलो सुन तस्करीमा तरुण दलका नेता संलग्न, उनको दुवै गाडी प्रयोग भएको पुष्टि

काठमाडौं : गत मंगलबार विहान त्रिभुवन विमानस्थलबाट करिब एक केजी (९६० ग्राम) सुन प्रहरीले बरामद गर्‍यो। सुन काभ्रे खानीखोला गाउँपालिका-३ का बाबुलाल दोङले मलद्वारमा लुकाएर ल्याएका थिए। हिमालयन एयरलाइन्समार्फत् मंगलबार बिहान दुबईबाट उनी काठमाडौं आएका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो। उनलाई पछ्याउँदै गएको प्रहरी टोलीले सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका-३, घट्टेखोलाका जगत लामा र महाभारत गाउँपालिका-३, सानोपोखरा घर भई बनेपा बस्दै आएका मिङमा दोर्जे स्याङ्तानसम्म प्रहरी पुग्यो। 

उनीहरूसँगै प्रहरीले सुन लिन प्रयोग भएको क्रेटा गाडी र बुलेट बाइक पनि बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार दोर्जे र जगतसँगै बाग्मती प्रदेशको ०१-२७ प च ९९६० नम्बरको क्रेटा गाडी र बाग्मती प्रदेशकै ०२-०३० प ८५१७ नम्बरको बुलेट बाइक बरामद गरेको थियो। 

प्रहरी उच्च स्रोतका अनुसार उक्त क्रेटा र बाइक दुवै कांग्रेस तरुण दलका नेता विकास लामा भन्ने विकास योन्जनको हो। विकास लामाको नाममा रहेको यी गाडी करिब एक किलो सुन तस्करीमा प्रयोग भएको प्रहरीले स्रोतको दाबी छ।
 
सुन तस्करीमा नेपाली कांग्रेसका जिल्ला नेताको सवारी साधन प्रयोग भएपछि राजनीतिक पहुँचका आधारमा सुन तस्करी गरिएको प्रमाण भेटिएको हो। अन्नपूर्णलाई प्राप्त प्रमाणमा कांग्रेस नेता विकास लामाले ती दुवै गाडी प्रयोग गरेर फोटो खिचाएको देखिन्छ। गाडीको कागजात समेत विकासकै नाममा रहेकाले सुन उनकै हुनसक्ने अनुमान गरिएको छ। 

प्रहरी स्रोत भन्छ, 'विकास लामा प्रहरीको फरार सूचीमा छन्। उनको नामको सवारी साधन प्रयोग भएर सुन तस्करी गरिएको छ। तस्करीमा लामाकै संलग्नता भएको प्रमाण प्रहरीले फेला पारेको छ। 

पक्राउ परेका जगतले सुन आफ्नै भएको बताए पनि सम्पर्क विवरण र गाडीबाट यसमा विकास लामाको पनि संलग्नता खुलेको छ। नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश प्रचार समिति सदस्यमा विकास लामालाई २०७९ कात्तिकमा मनोनित गरेका थिए। लामा काभ्रे काग्रेसको समानुपातिक उम्मेदवारमा सिफारिस भएका थिए। 

स्रोतका अनुसार विकास लामा आपराधिक पृष्ठभूमिका हुन्। उनी ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल बसेर भीमफेदी कारागारबाट छुटेका थिए। मोटसाइकल चोरीको अभियोगमा पनि उनी पक्राउ परेका थिए। काठमाडौं परिसरका एसपी कुमोध ढुंगेलले विमास लामा कैद भुत्तान गरेर छुटेको पुष्टि गरे। उनी भन्छन्, 'उनको विवरण अनुसन्धान गरिरहेका छौं। विकास लामा वैदेशिक रोजगारीको सिलसिलामा दुबईसमेत गएका थिए। 

सुनसँगै पक्राउ परेका बाबुलाल ५ पटक दुबई गएर आएको रेर्कड प्रहरीले फेला पारेको छ। उनी सामान्य परिवारका व्यक्ति हुन्। आर्थिक प्रलोभनमा परेर उनले यसअघि पनि सुन तस्करी गरेको अनुमान प्रहरीको छ। 

कुनै पेसा व्यवसाय नभएका लामाको काभ्रे तथा काठमाडौंमा करोडौं रुपैयाँको सम्पत्ति छ। उनको अपराधमा उनको भाइ निरज लामाले समेत सहयोग गर्ने गरेको प्रमाण प्रहरीले फेला पारेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.