नेपालका दुई तेक्वान्दो खेलाडीले भियतनाममा जिते दुई रजत पदक
भियतनाम : भियतनामको दा नाङमा सम्पन्न १९औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन्। इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपालका निश्चल धामी र सुदिप नेपालीले पदक जितेका हुन्।
धामीले ४८ केजी र नेपालीले ४५ केजी तौल समूहमा पदक जितेका हुन्। फाइनल भिडन्तमा धामी मलेसिया र नेपाली भियतनामका खेलाडीसँग पराजित भएका थिए।
प्रतियोगितामा सहभागी हुन नेपाल तेक्वान्दो संघसंग सम्बद्ध सिमरा तेक्वान्दो डोजाङ्का दुई खेलाडी भियतनाम आएका थिए। टोलिसँगै भियतनाम आएका नेपाल तेक्वान्दो संघ मधेश प्रदेशका महासचिव राजकुमार लामाले दुई खेलाडीले पदक जितेसंगै अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल भएको बताए।
नेपाली टोलिमा तेक्वान्दो प्रशिक्षक हेमलाल श्रेष्ठ, विजय शाह ठकुरी, सिमराका युवा समाजसेवी श्यामबाबु गुप्तालगायत सहभागी थिए।