बालमैत्री शासन लागू गर्न कैलालीका बालबालिकाको आग्रह

बालमैत्री शासन लागू गर्न कैलालीका बालबालिकाको आग्रह
सुन्नुहोस्

टीकापुर : ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइएको छ। देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका बेला कैलालीका बालबालिकाहरूले दीगो विकास लक्ष्य प्राप्तिका लागि विभिन्न आठ बुँदे माग राख्दै बाल दिवस मनाएका छन्। 

राष्ट्रिय बाल दिवस २०८० को अवसर पारेर उनीहरुले सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीमार्फत् ८ बुँदे माग राख्दै बाल दिवस मनाएका हुन्। 

जिल्लाको विभिन्न स्थानीय तहका ५६ जना बालबालिकाहरुले प्रदेश सभा सदस्य चौधरीमार्फत् सुदूरपश्चिम प्रदेश सरकारलाई कैलालीलाई बालविवाह मुक्त जिल्ला घोषणा गर्न, बालबालिकाका कार्यक्रमलाई सबै स्थानीय तहले प्राथमिकता दिन, लागुऔषध दुव्यर्सनी नियन्त्रण गर्न माग गरेका हुन्। 

टीकापुरमा लिडरसीप एक्सचेञ्ज फोरम कार्यक्रममार्फत् ती बालबालिकाहरुले अनलाइन सुरक्षा तथा सचेतना कक्षा अनिवार्य गर्न, बालबालिकामाथि हुने हिंसा, दुव्यर्वहार र शोषण रोक्न कानुन निर्माण गर्न, कैलालीका सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासन लागु गर्न, विद्यालयमा मनोविमर्शकर्ता, प्राथमिक उपचार कक्ष तथा विद्यालय नर्स अनिवार्य गर्न र स्थानीय तहमा बालबालिकामा लगानी बढाउन माग गरेका हुन्। 

जिल्ला बाल सञ्जाल कैलालीकी अध्यक्ष मोनिका साउँदले प्रदेशसभा सदस्य चौधरीलाई मागपत्र बुझाएकी हुन्। प्रदेश सभा सदस्य चौधरीले कैलालीका बालबालिकाले उठाएका मागहरु प्रदेश सभा समक्ष पुर्‍याउने बताउँदै लागुऔषध दुव्यर्सनी नियन्त्रणमा बालबालिकाले भूमिका निर्वाह गर्नुपर्ने बताए। 

घोषणा पत्रमा बालबालिकाहरुले भोग्दै आएका समस्याहरु समाधान गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरिएको छ। बालबालिकाहरुले बढ्दो सामाजिक सञ्जालको दुरुपयोग न्यूनिकरणका लागि जिल्लाका सबै विद्यालयमा अनलाइन सुरक्षा तथा सचेतना सम्बन्धी कक्षा अनिवार्य सञ्चालनको व्यवस्था गर्नुपर्ने घोषणा पत्रमा समेटेका छन् ।  
घोषणा पत्रमा बालबालिकाहरु माथि अझै पनि विद्यालय र समुदायमा हिँसा, दुव्र्यवहार, शोषणका घटनाहरुमा कमि नआएको उल्लेख छ। उनीहरुले यसको रोकथामका लागि स्थानीय पालिकाहरुले निर्माण गरेका नीति नियमको कडा कार्यान्वयनको माग गरेका छन्।  

माग पत्र बुझाउँदै बाल सञ्जाल कैलालीकी अध्यक्ष मोनिका साउँदले बालबालिका माथि गरिएको लगानी खेर नजाने बताइन्। उनले आजका बालबालिका नै भोलिको नेतृत्व भएकाले राज्यले बालबालिकाका क्षेत्रमा लगानी गर्न कञ्जुस्याँई गर्न नहुने बताइन्। राष्टिय बाल दिवसको अवसर पारेर वल्र्ड भिजनको सहयोगमा बाल कल्याण संघ टीकापुरले जिल्लाका बालबालिका सम्मिलित बालभेला आयोजना गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.