सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो

सामूहिक हत्या प्रकरण : प्रहरीले समन्वय नगरी शव पोष्टमार्टम गर्न पठाएको आफन्तको गुनासो
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको सामूहिक हत्या घटनामा प्रहरीले समन्वय नगरेको आफन्तले गुनासो गरेका छन्। हत्या भएको जानकारी पाएपछि आफू घटनास्थलमा बिहानै आए पनि आफन्तसँग समन्वय नगरी शव उठाएको उनीहरूको गुनासो छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो। 

भुजेलका एक आफन्तले भनिन्,‘घटना भएको जानकारी पाउने बित्तिकै बिहानै हामी यहाँ आइपुगेका थियौं। प्रहरीले तीनकुनेमा गएर उजुरी दिनु भन्यो। कागज सिफारिस लिएर आउनु अनि मात्र हेर्न मिल्यो भन्यो। कागजपनि केही पाइएन, यता हामीसँग समन्वय नै नगरी हतारहतार शव उठाएर अस्पताल पठाइयो।’

आफन्तसँग समन्वय नगरी शव उठाउने र अस्पतालमा पठाएको देख्दा अनुसन्धान प्रक्रियामा पनि आशंका बढेको उनीहरुको भनाई छ। आफूलाई बुहारी बताउने उनले भनिन्, ‘दाजु, जेठानी दिदी र आमाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको सुनेका छौं, शव कस्तो अवस्थामा थियो, कहाँ-कहाँ थियो हामी आफन्तले देख्न पाएका छैनौं। यस्तो घटनाको गम्भीर अनुसन्धान हुनुपर्छ, दोषीलाई तत्काल पक्राउ गरी कारबाही गरिनुपर्छ।’ 

उनले आमा हिजो बेलुका मात्र दाजुकोमा आएको बताइन्। ‘अस्ति श्राद्ध गर्न आउनु भएको थियो। आज हत्या नभएको भए उहाँ आज घर जानुहुन्थ्यो।’ 

यता घटनास्थलमा रहेको एक प्रहरी अधिकारीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि चारै जनाको शव पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज पठाएको बताए। उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। थप जानकारी अनुसन्धानपश्चात आउँछ।’

अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले घटनाको अनुसन्धान जारी राखेको छ। प्रहरीले उनीहरुको हत्या गरेको आशंकामा काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। 

null

काष्ठ उद्योगका सञ्चालक बालकृष्ण शिवाकोटी हुन्। उद्योगका सञ्चालक शिवाकोटीले भने,‘कुमार भुजेल र उनकी श्रीमती लामो समयदेखि यहाँ कार्यरत हुनुहुन्थ्यो। उहाँको आमा केहिदिन अगाडि मात्र श्राद्ध गर्न काठमाडौं आउनु भएको रहेछ। अर्को छोराकोमा बसेर उहाँ यहाँ हिजो बेलुका मात्र आउनु भएको रहेछ। अर्का मृतक नविन राई कहिले यहाँ आएका थिए मलाई पनि जानकारी छैन। प्रहरीले अनुसन्धान गरेपछि थप जानकारी आउला।’ 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.